महामारीका बेला सरकार गम्भीर नभएको भन्दै कञ्चनपुरमा प्रदर्शन

महेन्द्रनगर,३ असार
बुधबार महेन्द्रनगरको मदन चोकमा सरकारलाई खबरदारी गर्दै कञ्चनपुरका युवाहरुले शान्तीपूर्ण प्रदर्शन गरेका छन ।
कोरोना महामारीका बेला जनताको स्वास्थ्य र जीवनसँग खेलवाड गर्दै नेताहरुकै पारिश्रमिक बढाउनु दुःखद् भएको बताउदै उनीहरुले सरकारलाई खबरदारी गरेका छन ।
स्वस्र्फुत रुपमा प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएका युवाहरुले क्वारेन्टिनमा महिला बलात्कृत हुनु, कोरोनाबाट मर्नेको संख्यामध्ये अधिकांशको क्वारेन्टिनमा बस्नेहरु हुनुु र मरेपछि मात्रै पिसिआर परीक्षण गरिनु दुर्भाग्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
प्रदर्शनमा सहभागी धिरज जोशीले भने –“कोरोना संक्रमितको संख्या बढ्दै पिसिआर परिक्षणको दायरा बढाउनुको साटो हाम्रो प्रदेश सरकार नेताहरुको तलब भत्ता वृद्धि गर्नमा व्यवस्त छ ।”
क्वारेन्टाइनबाटै संक्रमण फैलिरहेको स्मरण गराउदै युवाहरुले सरकार गम्भीर नभएको आरोप लगाए । तत्काल सरकारले पिसिआर परिक्षणको दायर बढाएर नागरीकको स्वास्थ्य अधिकारको सुनिश्चित गनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here