कञ्चनपुरमा ५० शैयाको कोराना अस्पताल सञ्चालनमा

महेन्ल्रनगर,३० जेठ
कञ्चनपुरको महेन्द्रनगर स्थीत महाकाली अस्पताल परिसरमा निर्मत कोरोना अस्पताल शुक्रबार उद्घाटन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ५० शैयाको उक्त अस्पताल उद्घाटन गरेका हुन ।
अस्पतालको उद्घाटन गर्दै मन्त्री सुवेदीले कोरोना अस्पतालले महाकाली अस्पतालमा कोरोना उपचारको लागि थप सहयोग पुग्ने बताए ।
सुदूरपश्चिमबासीकाभारतबाट फर्किनेहरुको संख्या बढी रहेकाले संक्रमितको संख्यया पनि दिनप्रतिदिन बढ्दै गएको हुदाँ स्वास्थ्य संस्थाको खाचो रहेको बताए । “कोरोनाबाट डराउनु भन्दा संक्रमितको मनोबल बढाउनु उत्तर हो ।” उनले भने–“अस्पताललाई थप सेवा सुविधा प्रदान गर्न प्रदेश सरकार तयार छ ।” उनले अहिलेको अवस्था जटिल रहेकाले सबैले सहयोग गरे कोरोनालाइ परास्त गर्न सकिने बताए ।


महाकाली अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट हरी कुमार श्रेष्ठले महाकाली अस्पतालमा पिसिआर मेसिन जडान सञ्चालनका लागि आवश्वयक पूर्वाधार र जनशक्ति अभाव रहेको बताए ।
“मेसिनको लागि आवश्यक अन्य उपकरणमा पनि धेरै खर्च आउने हामीले अनुमान गरेका छौ मुख्य कुरा प्रयोगशालामा आवश्यक जनशक्ति हो ।” उनले भने–“अस्पतालमा भएको जनशक्ति कोरोना उपचारमा लागे अन्य सेवा प्रभावित हुन्छ ।” उनले पिरीआरबाट परिक्षण गनर्स अपरिहार्य रहेको बताउदै यसका लागि आवश्यक पूर्वाधार र जनशक्ति सरकारले उपलब्ध गराउनुपर्ने बताए ।
महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले अस्पतालले थप एम्बुलेन्स र शव वाहन ल्याउने तयारी गरिरहेको बताए । उनले अस्पतालले थप आइसोलश वेड समेत बढाउदै लगेको जानकारी दिए ।


रु ९२ लाख ५४ हजारमा विपिन विल्र्डसले निर्माणको जिम्मा पाएको थियो । महाकाली अस्पतालले नयाँ संक्रमित भएर आउने बिरामीहरुले नवनिर्मित भवनमा राखिने जनाएको छ । हाल अस्पतालमा कञ्चनपुर र कैलालीका गरेर ३३ जना संक्रमित उपचाररत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here