सुदूरपश्चिममा पाँच दिनदेखि रोकिएको स्वाब संकलन पुनः सुरु

धनगढी : सुदूरपश्चिममा पाँच दिनदेखि रोकिएको स्वाब संकलन कार्य बुधबारदेखि पुनः सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको एक मात्र प्रयोगशालामा स्वाबको चाप बढेपछि निर्देशनालयले पाँच दिनका लागि स्वाब संकलनमा रोक लगाएको थियो ।

गत शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले स्वाब संकलनमा रोक लगाएको हो ।क्वारेन्टाइनमा बसी आरडिटी पोजेटिभ देखिएका र शंकास्पद लक्षण देखिएका नागरिकहरुको बुधबारदेखि स्वाब संकलन सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

प्रयोगशालाले दैनिक २५० जनाको मात्र परीक्षण गर्न सक्ने जनाउँदै एक हजार वटाभन्दा बढी नमूना मौज्दात रहेको भन्दै स्वाब संकलन गर्न शुक्रबार आफू मातहतका निकायलाई निर्देशनालयले परिपत्र गरेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here