सानालाई ऐन ,ठूलालाई चैन (कविता)

लेखक रमेश पन्त मीतबन्धु

रमेश पन्त मीतबन्धु

सानालाई ऐन ,ठूलालाई चैन
भएकाे हाम्राे देशमा
एक देश – एक कानून हाेला र ?
सपनै रहने भाे
अबलाकाे लुछिएकाे कपाल,
निर्बलाकाे पुछिएकाे सिउँदाे
अामाकाे चिथाेरिएकाे देहले
खै कहिले पाउँछ न्याय थाहा छैन

एकले अर्कोतर्फ अाैला तेर्साएर लुटिएको मेराे देश
पालैपालो विभिन्न बहानामा मबाट टाढा भैरहेकाे
मेराे देश खै कुनै दिन मेराे पनि हाेला र?
के याे देश गरिब र निहत्थाकाे पनि देश हाेला र ?
बिश्वास लाग्दैन मेरै देशकाे अानाेमानाे खाएर
म र मेराे देशलाई तगानाम गाली गर्याे ,सराप्याे
भन्ने कुराकाे कतै बिश्वास लाग्दैन
तर साँचो त्यै हाे
दलाल त्यै हाे दलालीकाे सिङ र पुच्छर हुदैन
यस्तै हुन्छ

के अंगिकृतहरुकाे हाली मुहाली बढेकै हाे त
किन नबढाेस् यहाँ बंशजहरु नै दलाल छन्
अनकै इशारामा नागरिकता बिधेयक पास गरिगरि
नागरिक बनाउँछन् भने
दुई नम्बरीहरुकाे चुरिफुरी अाफै बढ्ने नै भाे
त्याे दिन कहिले अाउँला
जुन दिन नेपाल अामालाई मिलिजुली
चिरा पारिपारि खाने चबाउने र लुट्नसम्म लुट्ने
छद्मभेषी भ्रष्टाचारीहरुलाई
बेला न कुबेला अाम नेपालीलाई हेप्ने ,चेप्ने
अनि कुट्नसम्म कुट्ने दुष्ट बैरीहरुलाई
दलाल नवसामन्तहरुलाई
हातखुट्टा बाँधेर कालीमा बगाएकाे त्याे दिन अाउँला र?

तपाईंसंग यसकाे जवाफ छ भने भन्नाेस
म संग यसकाे उत्तर छ‌ैन अाज
कारण यहाँ देश लुट्ने दलालहरुकाे बिगबिगी छ
स्वास्थ्य चाैकीदेखि हस्पिटलसम्म
स्कुलदेखि महाबिद्यालयसम्म
नेटदेखि जेटसम्म
पियनदेखि हाकिमसम्म
माननीयदेखि सम्माननीयसम्म
कार्यालयदेखि कारखानासम्म,
सुरक्षाकर्मीदेखि जेलघरसम्म,
सडकदेखि सदनसम्म
नेता कार्यकर्ता,विद्यार्थी बुद्धिजीवी अादि इत्यादि
अलानाे फलानो ढिस्कनाे
यत्रतत्र सर्बत्र दलालै दलाल
बस दलालै दलाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here