तल्ला घरे काका

कविता :हरिश चन्द

एक जमाना थियो, जहाँ नेपाली भन्दा
विश्व नै डराउथ्यो भनि ,
भन्नू हुन्छ तल्ला घरे काका
अहिले दास भइ बाँचिरहेछौ ,हामी किन
खै त स्वाभिमान भनी ,
भन्नू हुन्छ तल्ला घरे काका ।।
विश्वमा शान्ति फैलाउने देश,
नेपाल थियो रे
विरहरुले बचाएको हाम्रो देश
विशाल थियो रे ,
अहो !कस्तो अचम्म ,पश्चिम किल्ला
कागडा ,अनि पुर्वमा टिष्टा पनि त हामी
पुगेकै थियौ रे ,
अहिले त पुर्खाको नासो पनि करोडौंमा
बिक्दैछ भनी
भन्नू हुन्छ तल्ला घरे काका ।।

टुलुटुलु हेरि बस्यौ ,बसेकाछौ अझै
उठ जाग,केही त गर अब
देश लुटिसक्यो भनी
भन्नू हुन्छ तल्ला घरे काका ,
म आफै खेद प्रकट गर्द्छु
किनकी म बूढो भैसके
तर पनि मैले टेक्ने लौरी समाइ
बचाउछु देश भनी
भन्नू हुन्छ तल्ला घरे काका ।।

आफ्नै अस्मिता लुटिदैछ ,हे नौ जवान हो
के हेरेका छौ उठ न अब
केही त गर भनी
भन्नू हुन्छ तल्ला घरे काका ,
कति बाच्छौ दास बनेर अब
भए वार्ताबाटै टुङ्गो लागऔ
नत्र समाउ तरवार
निकाष खोज्नु पर्छ भनी
भन्नू हुन्छ तल्ला घरे काका

कालापानी ,लिपुलेक अनि
लिम्पिया धुरा हाम्रै त हो
फिर्ता माग्न हिंड् भनी
भन्नू हुन्छ तल्ला घरे काका ,
वनबासा ,अनि दस गजाको पनि
निकाष खोज्नु छ भनी
भन्नू हुन्छ तल्ला घरे काका

नदि नाला बेचिसके पाखा पखेरा बेचे
जाउ उठाउ पुर्खा का खुणा
पुछ आमाको आँसु भनी
भन्नु हुन्छ तल्ला घरे काका ,
कि त मरिन्छ कि त बाचिन्छ
डटेर लड्नु म त बूढो भैसके
हो यस्तै यस्तै अनेक थरी प्रश्न
गरिरहनु हुन्छ मलाइ
तल्ला घरे काका ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here