लकडाउनमा छाडा पशुलाई आहारा (फोटो फिचर)

महेन्द्रनगर,३ बैशाख
विश्वभर महाकारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल लकडाउनमा छ ।
लकडाउनका कारण छाडा पशुचौपाया खानाको संकटमा परेपछि हेल्प नेपाल र सम्मी एग्रोले सयुक्त रुपमा बजारमा रहेका छाडा पशुचौपायाहरु लाई खाना खुवाउदै आएको छ । बजारमा रहेका कुकुर र छाडा पशुचौपाया भोक भोकै मर्न थालेपछि खाना खुवाउन थालिएको उनको भनाइ छ ।
लामो समय सम्म लगडाउन हुँदा मानिसहरु घर बाहिर नआउँदा कुकुर र छाडा चौपायाहरू भोकभोकै मर्ने अबस्था आएकोले खाना खुवाउन लागिएको उनीहरुको भनाइ छ ।
लकडाउनका कारण मान्छे मात्र नभई जनावरहरु समेत समस्या रहेको हुदाँ जनावरहरुलाई दैनिक रुपमा बिहान खाना खुवाउन लागिएको हेल्प नेपालका अध्यक्ष मदन चन्दले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here