सेनाका पृतनापतिको सुदूरपश्चिममा सक्रियता

घनश्याम खत्री/महेन्द्रनगर, १० चैत
नेपाली सेनाले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण जोखिम न्युनीकरणका लागि नौ वटै जिल्लामा सक्रियाता देखाएको छ ।
कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको त्रिनगर भन्सार नाकामा सेना खटिएको छ ।
त्यसैगरी पहाडी जिल्लाका बसपार्क र सदरमुकाम लगायतका क्षेत्रमा पनि सेनाका युनिटहरुले स्वास्थ्य परीक्षणका साथै अन्य अस्थायी पुर्वाधार निर्माणमा प्रदेश सरकार र स्थानीय तहसित समन्वय गरेर अघि बढेको छ ।
सेनाका सुदूरपश्चिम पृतनापति उपरथी बालकृष्ण कार्कीले सोमबार बिहान पश्चिम नाका गड्डाचौकीको स्थलगत अनुगमन गर्नुभएको छ ।


उहाँले भीमदत्तनगरको सिएमए छात्राबासमा सेनाको श्री नं. २५ बाहिनी अड्डाले निर्माण गरिरहेको आइसोलेसन केन्द्र, बसपार्कमा सेनाको सिंहशार्दूल गुल्म र प्रहरीले स्थापना गरेको हेल्प डेष्क पनि अनुगमन गरी थप प्रभावकारी बनाउन मातहतलाई निर्देशन दिनुभएको सैनिक स्रोतले बताउनुभयो ।
त्यसैगरी महाकाली अस्पतालमा रहेको क्यारेटाइनको समेत अनुगम गर्दै सैनिक अधिकृतहरुले स्वास्थ्यको पुर्व तयारीका विषयमा पनि चिकित्सकहरुसित परामर्श गरेको छ ।
गत शुक्रबारदेखि गड्डाचौकीमा खेटिएको सेनाको चिकित्सकसहितको टोलीले तीन दिनमा करिब २० हजार नेपालीको स्वास्थ्य परीक्षण गरेको थियो ।
सेनाले सुदूरपश्चिम भरीका युनिटभित्र पनि कोरोनाको संक्रमण फैलिन नदिन व्यापक सर्तकता अप्नाएको छ ।


सेनाले संक्रमण न्युनीकरणका लागि सैनिक टोलीलाई तयारी अवस्थामा राखेको जनाएको छ ।
“यस्तो विपतका बेला सेना व्यारेकमा चुप लागेर बस्ने कुरै आउँदैन ।” सैनिक स्रोतले भन्यो–“उच्च सर्तकता अप्नाउन रातदिन नभनेर सरोकारवाला निकायसित समन्वय गरी अघि बढिरहेका छौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here