नाकामा मुख्य मन्त्रीको अनुगमन

महेन्द्रनगर,८ चैत्र
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिमी सिमानाका गड्डाचौकीको स्थलगत अनुगमन गरेका छन ।
शनिबार बिहान मुख्य मन्त्री भट्ट,सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र स्वाथ्यकर्मीको टोलीले अवलोकन गरेका हुन । अनुगमनका क्रममा बोल्दै मुख्यमन्त्री भट्टले कोरोना भाइरस संक्रमणको जोखिम न्युनीकरणका लागि प्रदेश सरकार लागि परेको बताए ।
“सिमानाकामा थप सुरक्षा र सर्तकताका लागि संघीय सरकारसित पनि सहयोग र समन्वय गरिरहेका छौ ।” मन्त्री भट्टले चने– “प्रदेशका सबै स्थानीयतहमा हेल्थ डेस्कको स्थापना गर्न सबै पक्षलाई निर्देशन दिएका छौ ।”उनले कैलाली र कञ्चनपुरमा क्यारेन्टाइका लागि बृहत रुपमा तयारी भइरहेको बताए ।
सोहि क्रममा गड्डाचौकी हेल्थ डेस्कलाई सामाजिक विकास मन्त्री सुवेदीले दुई थान इन्फ्रारेड थर्मोमिटर मेसिन स्वास्थ्यकर्मीको टोलीलाई उपलब्ध गराएका थिए ।
त्यसैगरी स्थानीय प्रशासनले पनि कोरोना भाइरस संक्रमण हुन नदिन शनिबार बैठकबसी विभिन्न निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताउनुभयो ।
उहाँले गड्डाचौकी नाका बाहेक कञ्चनपुरका अन्य सबै नाकाहरुबाट भारततर्फको आवागमन तत्कालका लागि बन्द गर्ने निर्णय भएको बताउनुभयो ।
“गड्डाचौकीकाट स्वदेश फर्किएका नेपालीहरुलाई आफ्नो गन्तव्य पुगिसकेपछि अनिर्वाय स्वास्थ्य परीक्षणका लागि यहाँका सबै स्थानीय तहसित समन्वय गर्ने निर्णय भएको छ ।” प्रजिअ खतिवडाले भने–“महाकाली अस्पालमा आइसोलेसन वार्ड तयारी अवस्थामा राख्ने भनेका छौं ।” उनले जिल्लामा रहेका सबै स्वास्थ्यकर्मीहरु र एम्बुलेन्स लगायतका सेवा तयारी अवस्थामा राखिएको बताए ।
त्यस्तै भीमदत्तनगरपालिकामा रहेको सिएमए छात्राबास र जिल्ला प्रशासन कार्यालयको पुरानो भवनलाई तत्काल क्यारेन्टाइन स्थलको रुपमा प्रयोग गर्ने निर्णय समेत गरेको छ ।
भारतका विभिन्न शहरहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्किने क्रम ह्वात्तै बढेको छ ।
कञ्चनपुरको पश्चिमीनाका गड्डाचौकीबाट शनिबार बिहान मात्रै दश हजार भन्दा बढी नेपालीहरु घर फर्किएका छन । नाकामा भिड बढेपछि नेपाली सेनाले निगरानी बढाएको छ ।
श्री सिंह शार्दूल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी प्रणयजं मल्लको नेतृत्वमा सैनिक टोली खटिएको छ । “बिहान एक्कासी घर फर्किनेको भीड बढेपछि स्वास्थ्य परीक्षण गर्नै सकसको स्थिती सिर्जना भएपनि हामीले त्यसको व्यवस्थापन ग¥यौं ।” सहायक रथी शंकर पण्डीतले भने–“हामीले सबै नाकामा उच्च सतकर्ता अपनाएका छौ ।”
सिमा क्षेत्रमा उच्च सर्तकता अप्नाउदै सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here