नेपालमा कोरोना नभित्रियोस भन्दै कञ्चनपुरको शिवधाममा महापुजा

महेन्द्रनगर,८ चैत्र
विश्व व्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा नभित्रियोस भनेर कञ्चनपुर स्थित शिवधाममा यज्ञको आयोजना गरिएको छ ।
नेपालमा कोरोनाको संक्रमण नहोस भनेर शिवधाम क्षेत्र विकास समिति र अन्य धार्मीक संघ संस्थाहरुले पशुपतिनाथको श्रीविग्रहमा महारुद्राभिषेक तथा महापुजाको आयोजना गरिएको हो । शिवधाम विकास समितिका अध्यक्ष हेम विक्रम थापाले नेपालमा कोरोनाको संक्रमण नहोस भन्दै यज्ञको आयोजना गरेको बताए ।
“विश्वमा कोरोना भाइसरको त्रास फैलिएको छ ।” उनले भने–“हाम्रो देशमा सुख शान्ती र मानवियक्षति नहोस भनेर पशुपतिनाथको रुद्राभिषेकको महापुजा आयोजना गरेका हौ ।” उनले नेपालमा कोरोना भाइसरको संक्रमण नहुने बताए । सबैले आ–आफ्नो क्षेत्रमा भगवानको पुजा गरे देशमा कुनै पनि संकट नआउने उनले बताए ।
त्यस्तै गुरुभुमी फाउन्डेशनका अध्यक्ष शुसिल पाण्डेयले विकसित मुलुकहरुमा जस्तो नेपालमा उपचारका लागि व्यवस्था नभएको बताए ।“हामीले कोरोना संक्रमणबाट मानविय क्षति नहोस भनेर पशुपतिनाथलाई सम्झिन पुगेका हौ ।” उनले भने–“सरकारले दिएको निर्देशन र डक्टरहरुको सुझाव अनुसार हामीले सर्तकता अपनाउनेनौ छौ तर धार्मीक आस्थाका र मानवजातिको कल्याणको लागि महापुजाको आयोजना गरिका हौ ।”
शिवधाम क्षेत्र विकास समितिले २५ जना भन्दा बढी भीडभाड हुन नदिन आलोपाले गरि महापुजामा सरिक हुने व्यवस्था मिलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here