ग्यासको कालोबजारी गरे ५ वर्ष कैद, लाइसेन्स समेत खारेज

महेन्द्रनगर,७ चैत्र – सरकारले खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गरे कडा कारबाही गर्ने निर्णय गरेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहितको उच्च अधिकारीको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने गरी कानुनी कारबाही अघि बढाउने निर्णय गरेको हो।

कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला ग्यासको कालोबजारी भएका कारण उपभोक्ताले नपाएको हुन सक्ने अधिकारीहरूको भनाइ छ। मन्त्रालयले ग्यास उद्योगले असहयोग गरे अनुमति खारेज गर्नेदेखि खाद्य व्यवस्था कम्पनी र लास्ट ट्रेडिङको तथा ठुला निजी खाद्य स्टोर, निगमको भण्डारण मौज्दात विवरण सार्वजनिक गर्ने, सबै जिल्लाको खाद्यान्न विवरण सङ्कलन गर्ने निर्णय गरेको छ।

सरकारले कर्मचारी कामका लागि २४ घण्टा तयार रहनुपर्ने र खाद्यान्न अभाव भए हेलिकप्टरबाट भए पनि ढुवानी गर्ने निर्णय गरेको सहभागी ती अधिकारीको भनाई छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here