10.8 C
Mahendranagar

सुदूरपश्चिमका सीमा नाकाबाट तत्काल भारत नजान आग्रह

  • 126
    Shares

महेन्द्रनगर,७ चैत्र – सुदूरपश्चिमका सीमा नाकाबाट एक हप्ताका लागि भारत नजान आग्रह गर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाईरस नियन्त्रण तथा निर्देशक समितिले सीमा नाकाबाट एक हप्ता सम्म भारत प्रवेश नगर्न आग्रह गर्ने निर्णय गरिएको हो।

मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिह ओलीले दिनेश खबरलाई बैठकमा भारत नजान सबैलाई आग्रह गर्ने, सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिए। ओलीका अनुसार बैठकमा कोरोनाको संक्रमण फैलिएमा उपचारका लागि आवश्यक पर्ने पूर्व तयारीका विषयमा समेत छलफल भएको थियो।

कोरोना नियन्त्रण तथा निर्देशक समितिका अध्यक्ष समेत रहेका मुख्यमन्त्री भट्टको अध्यक्षतमा बसेको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, मन्त्रालयका सचिव, कैलाली, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओड लगायतको सहभागिता रहेको थियो। 

  • 126
    Shares

ताजा समाचार

भोलिबाट बहस गर्न १०‍-१५ मिनेटभन्दा बढी समय दिन्‍नौँ : प्रधानन्यायाधीश जबरा

काठमाण्डौँ : प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने अधिवक्ताहरुले अब जम्मा १५ मिनेट समय पाउनेछन् ।

बुधबार २८३ जनामा कोरोना संक्रमण पुष्टि ,३ जनाको मृत्यु

थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४३८२ मा पिसिआर...

जुम्लामा आगलागी हुँदा ३२ घर र ७० चौपाया जलेर नष्ट

सुर्खेत : मंगलबार बेलुकी जुम्लाको तिला गाउँपालिका-७ पोखरीस्थित गोठीगाउँमा भएको भीषण आगलागीबाट ३२ घर र ७० पशु चौपाया जलेर नष्ट भएका छन्...

विश्वभर कोरोना सङ्क्रमितको संख्या १० करोड नाघ्यो

काठमाण्डौँ : विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका सबै भन्दा प्रभावित देशको सूचिमा परेको...

सुदूरपश्चिमका ८ जिल्लामा सुरु भयो खोप अभियान,१ जिल्ला बाँकी

कञ्चनपुर : सरकारले देशभर कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा पनि बुधबार खोप अभियान उद्घाटन भएको छ । सेती प्रादेशिक...