सामाजिक कार्यमा महालक्ष्मी बैकं

महेन्द्रनगर,७ चैत्र
महालक्ष्मी विकास बैकं महेन्द्रनगर शाखाले लक्ष्मी माध्यमीक विद्यालय खैरभट्टीलाई एक हजार लिटरको पानी ट्याङ्की हस्तान्तरण गरेको छ । शुक्रबार बैकंले एक कार्यक्रमका बिच विद्यालयलाई ट्याङ्की हस्तान्तरण गरेको जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट बच्न बैकंले विद्यालयमा उपस्थीत एक सय भन्दा बढीलाई मास्क समेत वितरण गरेको छ ।
विश्वमै महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि कार्यक्रममा उपस्थीत विद्यार्थी र अभिभावकहरु जनचेतनाको कार्यक्रम समेत गरेको बैकंले जनाएको छ । बैकंका शाखा प्रमुख प्रकाश खड्काले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग र महामारीका रुपमा फैलीरहेको कोरोना भाइसको जोखिम न्युनीकरणका लागि जनचेतनामुलक कार्यक्रम गरेको बताए ।
“बैकंले सामाजीक उत्तरदायित्व अन्तर्गत सामाजीक क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । ” शाखा प्रमुख खड्काले भने ।यसअघि पनि बैकंले सामाजीक क्षेत्रमा सहयोग गर्दै आएको छ ।
कार्यक्रममा विद्यालयका पदाधीकारी,विद्यार्थी अभिभावक र बैकंका कर्मचारीहरुको उपस्थीती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here