गड्डाचौकी नाकामा खटियो सेना

महेन्द्रनगर,७ चैत्र
पश्चिममी सिमानाका गड्डाचौकीबाट नेपाल भित्रिनेहरुको स्वाथ्य परिक्षणका लागि नेपाली सेनाको स्वाथ्यकर्मीको टोली खटिएको छ ।
सेनाले शुक्रबारदेखी गड्डाचौकी स्थित हेल्थ डेस्कमा स्वाथ्य परिक्षणका लागि पाँच जनाको स्वाथ्यकर्मीको टोली खटाएको हो । यहाँको श्री न. २५ बाहिनी अड्डा र सिंह शार्दुल गुल्म भगतपुर ब्यारेकको श्री न. २५ फिएको सैनिक स्वाथ्यकर्मीको टोली खटिएको सेनाले जनाएको छ ।
सेनाले कोराना भाइरसको जोखिम न्युनीकरणका लागि जिल्ला सुरक्षा समिति लगायत विभिन्न निकायसंगको सहकार्यमा काम गर्न तत्पर रहेको श्री न. २५ बाहिनी अड्डाले जनाएको छ ।


श्री न.२५ बाहिनी अड्डाका बाहिनीपति शहायक रथी शंकरबहादुर पण्डित,प्रमुख सेनानी जीवन कार्की, सिंह शार्दुल गुल्मका गुल्मपती प्रणय जंग मल्ल,बाहिनीका सेनानी गोरख पुजारा र श्री न. २५ फिएका डा.अल्का मजगैयाले ब्रह्मदेव र गड्डाचौकी सिमानाकाको स्थलगत अवलोकन समेत गरेका थिए ।
संक्रमणको त्रास फैलिएपछि पश्चिमी नाका गड्डाचौकी भएर नेपाल फर्किनेको संख्या बढ्दै गएको छ । रोजगारीका लागि भारत गएका नेपालीहरु घर फर्कन थालेका हुन । हेल्थ डेस्क गड्डाचौकीका अनुसार नेपाल भित्रिनेको संख्या दैनिक चार देखी पाँच हजार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here