खेलकुद विकास समितिः आम्दानी बढाउन गुरुयोजना लत्तयाउदै

महेन्द्रनगर,६ चैत्र
झण्डै ६ बर्षअघि कञ्चनपुरको भीमदत्तनगरस्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलको पुर्वपट्टी बक्सिङ्ग संघको प्रशिक्षण केन्द्रको शिलान्यासका खाल्डो खनेर पुजाका लागि तत्कालिन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब युवराज लामा तम्तयार हुँदा खेलकुदको गुरुयोजनामा असर पर्ने भन्दै अन्यत्र सारे ।
शिलान्यासमा सहभागी जिल्ला खेलकुदका पदाधीकारी र उपस्थित केहीले यहाँ गुरुयोजना मिचिने भन्दै बक्सिङ्ग प्रशिक्षण केन्द्रको शिलान्यास खेलकुदको उत्तर पुर्वको छेउमा गराए ।
तर केही बर्ष नबित्दै गुरुयोजना लत्तयाउँदै २०७२ साल मंसिरमा प्रक्रिया नपु¥याइ खेलकुद विकास समितिले खेलकुदसित रहेको जग्गा मध्ये सात बिघा माछा पोखरी बनाउन लिजमा दिएपछि त्यसको सर्वत्र आलोचना भयो ।
कवर्डहल परिसरकै जग्गा मध्ये सात बिघा त्यसअघि २०५४ सालदेखि जिल्ला खेलकुद विकास समितिले कृषि प्रयोजनका लागि ठेक्कामा दिदै आएको थियो ।
पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद्बाट सहमती लिएर खेलकुदो जमिनमा ९४ वटा व्यापारिक सटर निर्माण हुन थालेपछि खेलकुद विकास समिति पुनः आलोचित भइरहेको छ ।
“खेल संरचना निर्माण हुने ठाउँमा कहिल्यै माछापाखेरी, त कहिल्यै व्यापारका लागि सटर निर्माण भइरहँदा ठुलो चिन्ताको विषय बनेको छ ।” एक खेल प्रशिक्षकले भन्नुभयो–“खेल गतिविधी र खेल संरचनाको निर्माणको साटो व्यापार गर्न उक्त जग्गा छुट्याइएको होइन ।”
केही दिनयता खेलकुदमा धमाधम सटर निर्माण हुन थालेपछि भीमदत्तनगरपालिकाले नक्सा पास नगरी संरचना बनाउन सुझाएपछि काम रोकिएको छ ।
खेलकुद विकास समिति केही महिनायता पदाधीकारीहरु बिहीन रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले बताउनुभयो ।
“चाहिएका बेला खाली गर्ने सहमतीमा आम्दानी बाध्न जग्गा भाडामा दिएका हौं ।” उहाँले भन्नुभयो–“नक्सा पासको विषय उठेपछि अहिले त्यो प्रक्रिया पु¥याउनेमा लागिरहेका छौं ।”
१५ बिघा एक कठ्ठा ६ धुर जग्गा रहेको खेलकुदको पुर्जामा हालसाविक भिडाउँदा चार कठ्ठा जग्गा बढी देखिएपछि त्यसमा भीमदत्तनगरपालिकाको आँखा लागेको खेलकुद सम्वद्ध स्रोतले जनाएको छ ।
“भीमदत्तनगरपालिकाबाट बढी भएको चार कठ्ठा अलग्गै छुट्याएर राख्नु ग्रिन पार्क बनाउला भन्ने कुरो आएको हो ।” कार्यालय प्रमुख भट्टले भन्नुभयो–“त्यो जग्गा लामो समयदेखि खेलकुदले नै भोगचलन गर्दै आएकाले खेलकै लागि उपयोग गर्नुपर्नेमा यहाँका प्रशिक्षक र पदाधीकारीहरु एकजुट छन् ।”
उता केन्द्रीय स्तरबाट यहाँको खेलकुदको जग्गामा क्रिकेट एकेडेमी बनाउने योजना अघि बढिसकेको छ ।
जसअन्र्तगत चालु आर्थिक बर्षमा क्रिकेट मैदान निर्माणका क्रममा माटो भरानका लागि रु एक करोड रकम आएर सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले काम गरिरहेको छ ।
क्रिकेट मैदान बनाउने स्थानमा माछा पोखरी यथावत छन् । जिल्ला खेलकदु विकास समितिले माछा पोखरी हटाउन ठेक्कावाललाई पत्राचार गरिसकेको र हट्ने प्रक्रियामा रहेको भनिएपनि पुनः माछा पालन थालिएको छ ।
“क्रिकेट खेल मैदान पर्ने ठाउँका दुई वटा पोखरी पुरिसकेका छन ।” कार्यालय प्रमुख भट्टले भन्नुभयो–“अरु पनि पुर्ने प्रक्रियामा छन् ।”
खेलकुद विकास समितिले ९४ जना जग्गा भाडामा लिएर सटर बनाउनेहरुबाट धरौटी स्वरुप रु ४० हजार प्रतिव्यक्ति र केही रकम सहयोग समेत लिएको छ ।
हाल समितिसित रु ८४ लाख रकम मौज्दात रहेको खेलकुद विकास समितिले जनाएको छ ।
खेलकुदमा आउने पदाधीकारीहरुले आफ्नो चाहना अनुसार गुरुयोजना मिच्दै आउँदा खेलकुदको जग्गा दुरुपयोग बढेको छ ।
“१५ बिघा जग्गामा हरेक खेलका संरचना बन्नसक्छन् ।” एक प्रशिक्षकले भन्नुभयो–“तर पदाधीकारीहरुले आ–आफ्नै चाहनामा तीन÷चार पटक गुरुयोजना मिच्ने काम भयो ।”
त्यसैगरी यातायात कार्यालयलाई ट्रायल सेन्टरका लागि कवर्डहलको उत्तर पश्चिममा दिइएको जग्गा खाली गराउन खेलकुदले पत्राचार गरेपनि अझै खाली भएको छैन ।
“हामीले एउटै मैदानमा हक्कीदेखि क्रिकेटसम्म खेल्नुपर्ने बाध्यता छ ।” एक खेलाडीले भन्नुभयो–“खेलकुदकने जमिनमनोवली हुँदा पनि कोही बोल्दैनन् ।”
२०४२ सालमा सञ्चालनमा आएको यहाँको कवर्डहलको भवन जिर्ण बन्दैछ । पछिल्ला बर्षहरुमा यहाँका खेल प्रशिक्षक तथा खेल संघका पदाधीकारीहरुको जोडबलमा बक्सिङ्ग, कराँते र कवड्डी लगायतका खेलका भवनहरु निर्माण भएका छन् ।
जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष एवं समाजसेजी लिलाध्वज बस्नेतले खेलकुदको गुरुयोजना अनुसार संरचना निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
“हामीसित काठमाण्डौको जस्तै रंगशाला बनाउन जग्गा पुग्छ ।” उहाँले भन्नुभयो–“सबै खेल पदाधीकारी, स्थानीय तह मिलेर खेलकुदको विषय छलफलबाट टुंगो लगाउँदा उचित हुन्छ ।”

उहाँले गुरुयोजनामा रहेर काम नगरेर आम्दानीको मात्रै अर्थ नहुने बताउनुभयो ।
जिल्ला क्रिकेट संघका केन्द्रीय सदस्य बिरेन्द्र चन्दले क्रिकेट मैदान निर्माण थालिएको बताउनुभयो ।
“क्रिकेट संघको मातहत रहने गरी मैदान बन्न लागेको हो ।” उहाँले भन्नुभयो–“खेलकुद संरचना बन्नुपर्ने ठाउँमा सटर बनाएर व्यापार गर्ने काम राम्रो पनि होइन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here