कोरोनाभाइरस : वनको बाघभन्दा मनको बाघ झनै खतरनाक

नेपाल मात्रै हैन विश्वभरि नै यतिखेरको सबैभन्दा ठूलो चासो, चिन्ता र ‘आतङ्क’को विषय भएको छ कोरोनोभाइरसको महामारी । सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको हुबेई प्रान्तको राजधानी ऊहानमा यो भाइरसको सङ्क्रमण देखिँदा यतिको खतरनाक हुन्छ भन्ने कसैले सोचेको थिएन । खासगरी प्रारम्भमा ऊहानका मासु व्यापारीहरुमा यो रोगको सङ्क्रमण देखापर्दा धेरैले चिनियाँको खानपिनसँग जोडेर हेरे, धेरैले गिल्ला पनि गरे । कतिसम्म भने यो रोगको सङ्क्रमणलाई फैलिन नदिन चीनले पूरै सहर ‘लकडाउन’ गर्दा त्यसलाई मानव अधिकारको नाममा विरोध गर्ने काम पनि भए । तर चीनले त्यतिखेर चालेका कडा कदमहरु एकदमै ठीक थियो भन्ने कुरा अहिले त्यहाँ हासिल हुँदै गरेको नियन्त्रणले देखाउँदै गएको छ ।

चीनमा यो भाइरसको प्रकोपमाथि नियन्त्रण हुँदै जाँदा यसको कहर चीनभन्दा बाहिर करिब ९२ देशमा पुगिसकेको छ ।

हिजो शनिबारसम्मको तथ्याङ्कअनुसार यस महामारीले १ लाखभन्दा बढीलाई सङ्क्रमित बनाइसकेको छ भने यसले ३५०० भन्दा बढीको ज्यान लिइसकेको छ । जाडो मौसम सकिँदै जाँदा यसको सङ्क्रमण कम हुँदैजाने अपेक्षाविपरीत संसारभरि नै फैलिँदै जाँदा विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘गहिरो चिन्ताजनक’ भनिसकेको छ । खासगरी युरोप, मध्यपूर्व र पूर्वी एसिया हुँदै छिमेकी देश भारतसम्म फैलिइसकेको यो महामारीको उच्च जोखिममा नेपाल पनि पर्ने यसअघि नै विश्व स्वास्थ्य सङ्गठनले घोषणा नै गरिसकेको छ ।

कोरोना भाइरसको सङ्क्रमण विश्वभरि नै फैलिँदै जाँदा विश्वका थुप्रै मुलुकहरुबाट पर्यटकहरुको नेपाल आवागनम निर्वाध भइरहेकै छ । यसरी भित्रिएका पर्यटकहरु कोरोना सङ्क्रमित छैनन् भनेर शरीरको तापक्रम देखाउने एउटा थर्मल स्क्यानरका आधारमा टुङ्गो गरिने अहिलेको परिपाटीले नेपालमा कोरोनाको सङ्क्रमण भित्रिएको छैन भनेर कसरी ढुक्क हुन सकिन्छ ? अतः यसबारेमा सरकार गम्भीर बन्नैपर्छ ।

यो स्थितिमा नेपालले अपनाउनुपर्ने नीति भनेको ‘पर्ख र हेर’को हैन ‘गर या मर’को तहमा हुनुपर्ने हो, दुर्भाग्यवश त्यसो भइरहेको छैन । अहिलेसम्म सरकारको तयारी र उसले चालेका कदम हेर्दा ‘नेपालमा सङ्क्रमण नदेखिएको’, ‘आशङ्कितहरुमा सङ्क्रमण प्रमाणित नभएको’ जस्ता तथ्य र तथ्याङ्क प्रस्तुत गर्दैआएको छ । साथै सामान्य प्रतिरक्षात्मक उपाय मात्रै अपनाउँदै आएको देखिन्छ । यी कदम सही दिशातिर नै छन् तर त्यो पर्याप्त छैन । सरकारले अपनाएका कदम भनेका रक्षात्मक र सुधारात्मक छन् । तर अहिले आक्रामक कदमको पनि खाँचो छ । कोरोना भाइरसको सङ्क्रमण विश्वभरि नै फैलिँदै जाँदा विश्वका थुप्रै मुलुकहरुबाट पर्यटकहरुको नेपाल आवागनम निर्वाध भइरहेकै छ । यसरी भित्रिएका पर्यटकहरु कोरोना सङ्क्रमित छैनन् भनेर शरीरको तापक्रम देखाउने एउटा थर्मल स्क्यानरका आधारमा टुङ्गो गरिने अहिलेको परिपाटीले नेपालमा कोरोनाको सङ्क्रमण भित्रिएको छैन भनेर कसरी ढुक्क हुन सकिन्छ ? अतः यसबारेमा सरकार गम्भीर बन्नैपर्छ । खासगरी, विश्वका अन्य भूभागबाट नेपाल आउने विदेशी वा स्वदेशीहरु सङ्क्रमणको लक्षण नै देखानपर्ने विन्डो पिरियड वा भाइरसको ‘इन्क्युवेसन’ पिरियडमा छन् भने अहिले अपनाइएको तरिकाले त्यसको महामारी कुनै पनि बेला भित्रिन सक्ने खतरालाई रोक्न वा छेक्न सक्छ भन्ने के ग्यारेन्टी छ ? के यसतर्फ गम्भीर बन्नु जरुरी छैन ?

त्यसका लागि अहिले सरकारले तुरुन्तै गर्नुपर्ने काम भनेको विदेशबाट अत्यावश्यक कामबाहेक अन्य अवस्थामा आउने पर्यटकहरुलाई निरुत्साहित गर्नु पनि हो । अनि, आएका पर्यटकहरुलाई पनि अनिवार्य १५ दिने क्वारेन्टाइनमा राख्ने वा कडाइका साथ स्वः क्वारेन्टइनमा राख्ने व्यवस्था गर्नुपर्ने बेला हो । ताकि उनीहरु कोरोना सङ्क्रमणको इन्क्युवेसन पिरियडमा रहेका नहोऊन् ।

अहिले सरकारले तुरुन्तै गर्नुपर्ने काम भनेको विदेशबाट अत्यावश्यक कामबाहेक अन्य अवस्थामा आउने पर्यटकहरुलाई निरुत्साहित गर्नु पनि हो । अनि, आएका पर्यटकहरुलाई पनि अनिवार्य १५ दिने क्वारेन्टाइनमा राख्ने वा कडाइका साथ स्वः क्वारेन्टइनमा राख्ने व्यवस्था गर्नुपर्ने बेला हो । ताकि उनीहरु कोरोना सङ्क्रमणको इन्क्युवेसन पिरियडमा रहेका नहोऊन् ।

प्रसङ्गवस उल्लेख गर्नु उचित नै होला कि केही समयअघि मात्रै स्पेनमा एक जना मानिसको मृत्यु कोरोनाभाइरस सङ्क्रमणको कारण भएको समाचार प्रकाशमा आएको थियो । ती व्यक्ति त्यसअघि नेपाल भ्रमणमा समेत आएका थिए भनिएको छ । ती व्यक्ति कहाँ के कसरी कोरोनासङ्क्रमित भए भन्ने कुरा अझै पनि प्रकाशमा नआइसकेको सन्दर्भमा कदाचित उनी नेपाल आउनुपूर्व नै सङ्क्रमित थिए भने उनी नेपालमा रहँदा बस्दा उनको संसर्गमा आएकाहरुमा उनले त्यो सङ्क्रमण सारेन भन्ने कुराको के ग्यारेन्टी ? खासगरी विदेशमा कोरोनाको सङ्क्रमण पत्ता लगाउनकै लागि ठूलो सङ्ख्यामा मानिसहरुको परीक्षण भइरहेको र स्वस्थ्य भनिएकाहरुमै पनि त्यसको सङ्क्रमण देखिएको पृष्ठभूमिमा के त्यसरी नेपालमा सङ्क्रमणको स्क्रिनिङ नगरिएको वा गर्न सम्भव नररहेको अवस्थामा नेपालमा कोरोनाको सङ्क्रमण छैन भनेर ढुक्क हुन सक्ने अवस्था छ ?

विश्वका थुप्रै देशले यतिखेर पर्यटकको आवागमनमा कडाइ गरेर उनीहरुलाई यथासक्य देश भित्रिनबाट निरुत्साहित गर्न थालिसकेका छन् । सङ्क्रमण भएका देशहरुमा मात्रै हैन, सङ्क्रमणको जोखिम भएका देशहरुमा समेत यात्रा गर्नका लागि कतिपय देशहरुले आफ्ना नागरिकलाई प्रतिबन्ध लगाइसकेका छन् भने त्यस्ता देशका पर्यटकहरुलाई समेत आफ्नो देशमा आउन नदिने नीति अपनाउन थालिसकेका छन् । अरू त अरू, कोरोनाभाइरस सङ्क्रमणको सुरुवात भएको देश चीन आफैंले पनि विश्वका अरू देशहरुबाट आफ्नो मुलुकमा सङ्क्रमण नछिरोस् भनेर ती ठाउँमा रहेका आफ्ना मूलका नागरिकलाई समेत अत्यावश्यक काम परेको अवस्थामा बाहेक सकेसम्म तत्कालका लागि चीन नफर्कन आह्वान नै गरिसकेको छ । कतिसम्म भने चीनका थुप्रै सहरका स्थानीय सरकारहरुले त सङ्क्रमणको सम्भावनालाई पूरै निर्मूल गर्न सङ्क्रमण फैलिएका तथा सङ्क्रमणको जोखिम भएका मुलुकबाट आउने मानिसहरुलाई अनिवार्य रूपमा १५ दिने क्वारेन्टाइनमा राख्ने नीति नै अपनाइसकेको छ ।

कोरोनाभाइरस सङ्क्रमणको सुरुवात भएको देश चीन आफैंले पनि विश्वका अरू देशहरुबाट आफ्नो मुलुकमा सङ्क्रमण नछिरोस् भनेर ती ठाउँमा रहेका आफ्ना मूलका नागरिकलाई समेत अत्यावश्यक काम परेको अवस्थामा बाहेक सकेसम्म तत्कालका लागि चीन नफर्कन आह्वान नै गरिसकेको छ । कतिसम्म भने चीनका थुप्रै सहरका स्थानीय सरकारहरुले त सङ्क्रमणको सम्भावनालाई पूरै निर्मूल गर्न सङ्क्रमण फैलिएका तथा सङ्क्रमणको जोखिम भएका मुलुकबाट आउने मानिसहरुलाई अनिवार्य रूपमा १५ दिने क्वारेन्टाइनमा राख्ने नीति नै अपनाइसकेको छ ।

अर्काे, सरकारले तत्कालै गर्नुपर्ने काम भनेको छिटो सङ्क्रमण फैलिन सक्ने सम्भावना रहने सामूहिक स्थलहरुका सम्पूर्ण गतिविधिलाई रोक्नु पनि हो । त्यो भनेको सबैभन्दा पहिले सिनेमा हलहरु तथा स्कुलहरुलाई तत्कालका लागि केही हप्ता बन्द गर्नु पनि एउटा हो । लगनपछिको पोते काम लाग्दैन भन्ने नेपाली उखान नै छ । सङ्क्रमण फैलिएको छैन भनेर रटान लगाउनुको सट्टा पूर्वसावधानीका हिसाबले एक महिनाका लागि स्कुलहरु बन्द गर्दैमा आकाश खसिहाल्दैन । सङ्क्रमण फैलिएपछि मात्रै स्कुल बन्द गराउने सोच पछि गएर प्रत्युत्पादक पनि हुन सक्छ भन्ने कुराको बेलैमा हेक्का राखिनुपर्छ ।

त्यसबाहेक, सरकारले तत्कालै गर्नुपर्ने अर्काे काम भनेको आक्रामक जनचेतना जागृति अभियानको सञ्चालन पनि हुन सक्छ । यसका लागि सङ्क्रामक रोगहरुका बारेमा दख्खल राख्ने विज्ञहरुको समूह बनाएर तिनबाट जानकारीमूलक सामग्री उत्पादन गर्न सकिन्छ । पुरानो ढर्राका नारावादी शैलीका प्रचार सामग्रीहरुमा भरपर्नुको साटो सम्बन्धित विज्ञहरुको नाममा छापिने र प्रचार हुने सामग्रीले आम जनता र त्यो पढ्ने पाठकमा बढी विश्वास र गहिरो छाप छोड्न सक्छ । यसका लागि सरकारले मुलुकका रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइनहरुलाई ती सामग्री निःशुल्क प्रचारप्रसारका लागि आह्वान नै पनि गर्न सक्छ । यतिखेर कोरोनाभाइरसभन्दा पनि खतरनाक कुरा यसबारेका भ्रामक र मिथ्या प्रचार भएका छन् । अहिले यसबारे भएका, नभएका, काम लाग्ने, काम नलाग्ने सबै खाले सूचना र जानकारीको बाढी आएको छ, जसले आमजनतालाई सही ढङ्गले सुसूचित गर्नेभन्दा पनि उल्टै दिग्भ्रमित पार्ने काम बढी भइरहेको छ । कोरोनाभाइरसको सङ्क्रमण जति खतरनाक छ, त्योभन्दा पनि खतरनाक त यसबारेका गलत, मनगढन्ते र जथाभावी जानकारीको प्रचारप्रसार पनि भएको छ, जसले गर्दा आम मानिसमा यो भाइरसको सङ्क्रमणबारे नजानिँदो ढङ्गले गलत खालका भय र आतङ्क पनि सिर्जना भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोनाभाइरसभन्दा पनि खतरनाक चाहिँ यससम्बन्धी भ्रान्तिहरु भनेर भनिसकेको कुरा यहाँ स्मरणीय छ ।

कोरोनाभाइरसको सङ्क्रमण जति खतरनाक छ, त्योभन्दा पनि खतरनाक त यसबारेका गलत, मनगढन्ते र जथाभावी जानकारीको प्रचारप्रसार पनि भएको छ, जसले गर्दा आम मानिसमा यो भाइरसको सङ्क्रमणबारे नजानिँदो ढङ्गले गलत खालका भय र आतङ्क पनि सिर्जना भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोनाभाइरसभन्दा पनि खतरनाक चाहिँ यससम्बन्धी भ्रान्तिहरु भनेर भनिसकेको कुरा यहाँ स्मरणीय छ ।

धेरैलाई यतिखेर ठूलो अन्यौल छः मास्क लगाउने कि नलगाउने ? कतिले भन्छन् मास्कले कोरोना रोक्दैन, कतिले चाहिँ कोरोना रोक्नका लागि मास्क लगाउनु राम्रो हो भन्छन् । त्यसैगरी, यतिखेर रुघाखोकी लागेको मानिस मात्रै छेउपर्दा पनि हामीलाई कोरोनाको भयले आतङ्कित बनाउँछ । वास्तवमा के रुघाखोकी लाग्नु भनेकै कोरोना लागिहालेको लक्षण हो । खासगरी अहिलेको रुघाखोकी वा फ्लुको समस्या सामान्य हुने सिजनमा हामीलाई सामान्य रुघाखोकीले नै पनि आतङ्कित बनाउन थालिसकेको छ कि कतै त्यो कोरोना नभइदिओस् भनेर ।

यस्ता भय उत्पन्न गराउने थुप्रै कुराको डरत्रासबीच यतिखेर नेपाली बाँचिरहेका छन् । त्यसलाई मलजल गर्ने काम चाहिँ बिना तथ्य र स्रोत भ्रमपूर्ण सामग्रीहरु प्रचारप्रसार र छाप्नेहरुबाट भइरहेका छन् । तिनलाई चिर्ने सबैभन्दा प्रभावकारी र भरपर्दाे उपाय भनेको विज्ञहरुबाट प्रशस्त जानकारीमूलक सामग्रीहरु उत्पादन गर्ने र तिनलाई आमसञ्चारका माध्यमबाट उच्च प्राथमिकताका साथ व्यापक प्रचार प्रसार गर्ने नै हुन सक्दछ ।

कोरोनाभाइरसविरुद्ध लड्ने तयारीलाई हलुका ढङ्गले लिँदा कति महँगो मूल्य चुकाउनुपर्छ भन्ने कुराको पाठ अहिले विश्वमा फैलिएको यसको सङ्क्रमणको तीव्रताबाट सिक्नैपर्छ । हिजो चीनमा कोरोनाभाइरसको सङ्क्रमण देखापर्दा त्यसतर्फ उदासिन बनेर त्यसलाई चीनको मात्रै समस्या ठान्ने अनि त्यसका विरुद्ध सामान्य प्रतिरक्षात्मक र सुधारात्मक उपायहरु मात्रै अपनाउने जुन भूल विश्वका मुलुकहरुले गरेको थियो, त्यसको मूल्य अहिले विश्वले चुकाइरहेका छन् ।

कोरोनाभाइरसविरुद्ध लड्ने तयारीलाई हलुका ढङ्गले लिँदा कति महँगो मूल्य चुकाउनुपर्छ भन्ने कुराको पाठ अहिले विश्वमा फैलिएको यसको सङ्क्रमणको तीव्रताबाट सिक्नैपर्छ । हिजो चीनमा कोरोनाभाइरसको सङ्क्रमण देखापर्दा त्यसतर्फ उदासिन बनेर त्यसलाई चीनको मात्रै समस्या ठान्ने अनि त्यसका विरुद्ध सामान्य प्रतिरक्षात्मक र सुधारात्मक उपायहरु मात्रै अपनाउने जुन भूल विश्वका मुलुकहरुले गरेको थियो, त्यसको मूल्य अहिले विश्वले चुकाइरहेका छन् । त्यसैले यस घटनाबाट पाठ सिक्दै यतिखेर नेपालमा सङ्क्रमण देखापरेको छैन भनेर ढुक्क भई सामान्य प्रतिरक्षात्मक उपाय मात्रै अपनाउने होइन, आक्रामक रूपमा सङ्क्रमण भित्रन सक्ने सबै सम्भावनालाई निषेध गर्ने बेला हो भन्ने कुरालाई आत्मसात गर्नु र त्यसतर्फ कडाइका साथ अग्रसरता देखाउनु जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here