खप्तड गोल्डकपको फाईनल आज : सुदूरपश्चिम–११ र थ्री स्टारबीच उपाधि भिडन्त

फाल्गुन २०, धनगढी – मोफसलकै सर्वाधिक धनराशीको नेपाल आईस सुदू्रपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणको फाईनल खेल आज हुँदैछ। फागुन ०९ गतेदेखि सुरु भएको गोल्डकपको चौथो संस्करण आज सकिन लागेको हो। धनगढी रंगशालामा हुने फाईनल खेलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब र थ्रीस्टार क्लब प्रतिस्पर्धा गर्नेछन्।

थ्रीस्टार लगातार दोस्रो पटक फाईनल पुगेको हो भने आयोजक सुदुरपश्चिम–११ पहिलो पटक फाईनल पुगेको हो। आज हुने फाईनल खेलमा जित हात पार्दै उपाधि जित्ने दुवै टीमले दाबी गरेका छन्। चौथो संस्करणसम्म आईपुग्दा दुवै टीमले उपाधि हात पार्न सकेका छैनन्। त्यसैले मंगलबार खप्तड गोल्डकपले नयाँ च्याम्पियन पाउने छ। फाइनल अघि सोमबार आयोजना भएको प्रि म्याच कन्फरेन्समा दुवै टिमले उपाधि हात पार्ने दाबी गरेका थिए।

सुदूरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ। उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ। यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिनेछ। यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने छ।

प्रतियोगिता हेर्नका लागि टिकट काट्ने दर्शकहरुमध्येबाट गोलाप्रथाद्धारा एक जनाले १३ हजार पाँच सय मुल्य पर्ने रियलमी मोवाईल पाईरहेका छन् भने एक÷एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधा समेत पाईरहेका छन्। वराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक बर्षमा तीन महिना निशुल्क ईन्टरनेटको समेत सुविधा दिईरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here