महेन्द्रनगर,१६ फागुन
राष्ट्रपति विद्या देवी भण्डारीले आर्थिक वृद्धि हासिल गर्न व्यवसायीक उत्पादनमा जोड दिनुपर्नेे बताउनुभएको छ ।
कञ्चनपुरको भीमदत्तनगरपालिकाले आयोजना गरेको तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवमा शुक्रबार आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षा आर्थिक समृद्धिको जग भएको बताउदै उच्च शिक्षा प्रदान गरिरहेका शैक्षिक केन्द्रहरुलाई सुदृढ तुल्याएर उच्च स्तरको प्राविधीक तथा व्यवसायिक उत्पादनमा जोड दिनुपर्ने बताए ।
“उच्च स्तरको प्राविधीक तथा व्यवसायिक उत्पादनमा जोड दिनुपर्छ ।” राष्ट्रपति भण्डारीले भने–“सामुदायिक विद्यालयहरुमा भौतिक तथा शैक्षिक पुर्वाधार विकास गरी गुणस्तरीय शिक्षा प्रदान गर्न सम्वन्धीत पक्ष क्रियाशिल हुनुपर्छ ।” उनले शिक्षाले मुलुक र समाजलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गरी विकास प्रक्रियामा सघाउ पुग्ने दाबी गरे ।
उनले सुदूरपश्चिमको दिघो आर्थिक वृद्धि हासिल गर्न उद्योग होटल, होमस्टे सडक तथा सञ्चार सेवाको सुदृढिकरण आवश्यक रहेको बताए । राष्ट्रपती भण्डारीले यहाँको सुख्खा बन्दरगाह, महाकाली नदीमा आधुनिक पुल लगायतका भौतिक पुर्वाधार निर्माणमा ढिलाई गर्न नहुने जिकिर गरे ।
“मुलुक परिवर्तनको सम्वाहकको रुपमा हेरिएको पञ्चेश्वर परियोजना सम्पन्न गर्न सम्बन्धीत निकाय अग्रसर हुनुपर्छ ।” उनले भने–“ पश्चिम सेती,कैलाश मानसरोवर पहुँच मार्ग सम्पन्न गर्न सम्बन्धीत पक्ष दत्तचित्त भएर लाग्नुपर्छ ।” उनले कृषि क्षेत्रको विकास गर्न सके सुदूरपश्चिममा रोजगारीको ठुलो सम्भावना रहेको बताए ।
उनले राष्ट्रपति भण्डारीले शुक्लाफाँटामा रहेको ठुलो घाँसे मैदानले देश तथा विदेशको पर्यटक आकर्षण गर्ने बताउँदै त्यसक्षेत्रमा भौतिक पुर्वाधारको विकास गर्न सम्वन्धीत निकाय अग्रसर हुनुपर्नेमा बताए ।
उनले सुदूरपश्चिममा थुप्रै मौलिक पहिचान रहेकालेसंरक्षण र सम्वद्र्धन गनुपर्नेमा जोड दिए ।