महेन्द्रनगर,१५ फागुन
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा रगताम्य अवस्थामा श्रीमान श्रीमती मृत फेला परेका छन । बिहिबार आफ्नै घरमा जयलाल भण्डारी र धना भण्डारी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
“हामी प्रारम्भीक अनुसन्धानमा छौ ,उनीहरुको शरीरमा धारीलो हतियारको घाउँ छ ।” जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रविन्द्र पौड्यालले भने । भण्डारीले पहिलो श्रीमतीको मृत्युपछि दुई वर्ष अगाडी धनादेवीसँग दोस्रो बिहे गरेका थिए । पहिलो श्रीमतीबाट ७ वर्षको एक बच्चा रहेको प्रहरीले जनाएको छ।
श्रीमान र श्रीमती दुवैको मृत भेटिएको घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । शुक्लाफाँटा नगरपालिका–११ स्थित आफ्नै घरको भान्सा कोठामा श्रीमती र कोठाको पलङमा श्रीमानको मृत शव भेटिएको प्रहरीले जनाएको छ । थप अनुसन्धानको लागी प्रदेश कार्यालयबाट कुकुरको टोली समेत घटनातर्फ आउदै गरेको जनाएको छ ।