बाल कविता(प्रस्तावित )

रमेश पन्त मीतबन्धु

कामदाम नपाइ
हर्के गयाे काेरिया
बनाउनै नसकि
माछा मार्ने खाेरिया
हातमुख जाेडन
जन्ता गए खाडीमा
रेमिटान्स खाएर
नेता अाए गाडीमा
हिजाे जुत्ता नहुने
गाडि चढ्छ बिदेशी
हिजाे खान नपुग्ने
मासु खान्छ बिदेशी
हिजो लत्ता नहुने
भत्ता खान्छ बिदेशी
सत्ता माथि उक्लन
खुट्टा मल्छ बिदेशी

भात मासु खुवाइ
भाेट भाट बटुलि
झुटा सप्ना देखाइ
मन्त्री बन्याे मुरली
तन्त्रमन्त्र हानेर
पैसा झ्वाम्म पारेर
जन्म दिन मनायाे
जन्ता उल्लु बनायाे
च्यातिचुति विधान
विधि खाेला फालेर
खाने भयाे दाजुले
देश्कै केक काटेर
मुटु कस्तो च्यातियाे
भित्र पाेल्छ छाति याे
अब काेही नडर
कसि उठ कम्मर
देशका छन् बेहाल
खेदाै सारा दलाल
मुठ्ठी कसि उचालाै
देश हाम्रो समालाै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here