‘सिद्धबैजनाथ’ टू ‘मानसरोवर’

महेन्द्रनगर,१४ फागुन
कञ्चनपुर जिल्ला धार्मिक दृष्टिले सिद्धबैजनाथको भूमिका रुपमा चिनिन्छ । यहाँका सबैजसो स्थानीय तहमा सिद्धबैजान बाबाको मठ मन्दीर छरिएर रहेपनि प्राचीन सिद्धनाथ बाबाको मन्दीर भीमदत्तनगरपालिकाको ब्रह्मदेव क्षेत्रमा रहेको छ ।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म करिब ४२५ किलोमिटर महाकाली करिडोरको सडक निर्माणाधीन अवस्थामा छ ।
भारतदेखि चीनसम्म जोडिने नाका भएकाले यसलाई व्यापारिक मार्गका रुपमा विकास गर्ने लक्ष्यका साथ एक दशकअघि करिडोर निर्माण थालिएको हो ।
धार्मिक पर्यटनकको दृष्टिले पनि स्थलमार्गबाट सिद्धनाथ मन्दीरबाट दार्चुलाको मालिकार्जुन हुदै कैलाश मानसरोवरसम्म पुग्न छोटो पर्ने भएकाले महाकाली करिडोर बने धार्मिक पर्यटनको समेत वृद्धि हुने आशा सुदूरपश्चिम प्रदेशमा गरिएको छ ।
ब्रह्मदेव धार्मिक क्षेत्रबाट सुरु गरिने करिडोरले चुरे महाभारत पर्व अन्र्तगत डडेल्धुराको परशुराम नगरपालिकामा रहेको परशुराम धामसित पनि जोडिने छ । परशुराम धामको पनि धार्मिक महत्व छुट्टै छ ।
विसं १४७५ मा भारतको झारखण्डबाट बिहार, कुमाउ कतुरकोट गरुडगोवती हँुदै सिद्धबैजनाथ बाबा परशुरामधाम आएर बसेको इतिहास छ ।
परशुरामधाममा रहँदा सिद्धबैजनाथ बाबाको त्यहाँका तत्कालीन राजा नागी मल्लसित खटपट भएपछि उहाँ सो ठाउँ छोडेर बुड्डीमलास पिपलकोट(हालको बेदकोट क्षेत्र) मा आइ तपस्या गरेको धार्मिक मान्यता छ ।
करिडोर बैतडी पुगे त्यहाँका धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य त्रिपुरा सुन्दरीको मन्दीरको फेद हुदै दार्चुलाका लागि अगाडी बढिरहेको छ ।
“महाकाली करिडोर आवागमन र व्यापारिक नाका मात्रै नभएर यहाँका पर्यटकीय गन्तव्यसम्म पुग्ने सहजकाका रुपमा पनि रहेको छ ।” कञ्चनपुरको भीमदत्तनगरपालिका–९ ब्रह्मदेवका वडाध्यक्ष राम नाथले भने–“शुक्लाफाँटा राष्ट्रिय निकुञ्जदेखि दार्चुलाको अपि नाम्पासम्म पुग्ने करिडोर सहज नाका हुनेछ ।”
उनले सुदूरपश्चिम जलस्रोतका साथै पर्यटकीय दृष्टिकोणले पनि अन्य प्रदेशको तुलनामा धनी प्रदेश रहेको बताउनुभयो ।
“अब महाकाली करिडोरको फाइल प्रक्रियाका पु¥याउने नाममा रोकिनु हुदैन् ।” उनले भने–“वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन ल्याउनै दशक बिताउने छुट कसैलाई हुनुहुदैन् ।”
सुदूरपश्चिम घुम्न आउने पर्यटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र रहेको विशाल घाँसे मैदानमा विश्वमै दुर्लभ बाह्रसिंगाको झुण्ड अवलोकन गरेर सहजै ब्रह्मदेव हुदै दार्चुलाको अपि हिमालको फेदसम्म पुग्न सक्छ ।
“त्यसका लागि अब करिडोर निर्माणमा भइरहेको ढिलाईबारे सरकारले गम्भीर चाँसो दिनुपर्ने देखिएको छ ।” वडाध्यक्ष नाथले भने–“पर्यटकहरुको सहजताकै लागि भीमदत्तनगरपालिकाले पर्यटन मार्गदेखि जैविक मार्ग सञ्चालनमा ल्याइसकेको छ ।”
उहाँले करिडोर निर्माण क्षेत्रमै भीमदत्तनगरपालिकाले खल्लामसेटीमा ¥याफटिङ्गका लागि पनि आवश्यक अध्ययन र काम अगाढी बढाएको बताउनुभयो ।
“पर्यटकहरुलाई बिहानपख शुक्लाफाँटामा बन्यजन्तुको अवलोकन गरेर साझँपख दार्चुलाको अपि हिमालको चिसो हावापानीको आनन्द लिन सहयोग पुग्ने खालाका प्याकेजहरु ल्याउनु पर्नेछ ।” उनले भने–“पर्यटकीय क्षेत्रको विकास र विस्तार नारामा सिमित हुनुहुदैन ।”
शुक्लाफाँटासंगै मुलुककै एक मात्रै राना थारु होमस्टे पनि पर्यटकको रोजाइमा पर्छ । भने दोधारा चादँनीलाई जोड्न बनाइएको एशियाकै लामो झोलुङ्गे पुल पर्यटकको अर्को आकृषणको गन्तव्य हो ।
महाकाली करिडोरको निर्माण बितेको एक दशकमा ३२ प्रतिशत मात्रै भएको छ ।
४२५ किलोमिटर लम्बाइ रहेको करिडोरको निर्माण भएर सडक सुचारु भए ब्रह्मदेवदेखि तिकंरसम्म यात्रु पर्यटकहरुले दुई दर्जन बढी धार्मिक स्थलहरुको अवलोकन गर्न सहज हुने स्थानीयबासीको भनाई छ ।
“२०७९÷०८० मा सक्ने योजनाका साथ काम थालिएको थियो ।” दार्चुला तिंकर सडक योजनाका प्रमुख अच्युतविलास पन्तले भने–“विविध कारणले अहिलेसम्म १२४ किलोमिटर सडक खुलेर यातायात सञ्चालनमा आएको अवस्था छ ।”
बाँकी ३०० किलोमिडर सडक इआइए, विष्पोष्टक पदार्थको खरिद प्रक्रियामा हुने ढिलासुस्ती लगायतका कारणले पछि परेको उहाँको भनाई छ ।
“ब्रह्मदेव क्षेत्रमा जंगल पर्ने भएकाले ईआइए प्रतिवेदन आउन ढिलाइ हुँदा करिडोरको सुरुवात हुने ठाउँकै ठेक्का गर्न सकिएन् ।” योजना प्रमुख पन्तले भने–“पुरानाका ठेक्काहरुको धेरै काम अन्तिम चरणमा छ ।”
चालु आर्थिक बर्षमा करिडोरका लागि पुजीँगतमा रु ३१ करोड बजेट रहेको छ ।
“यो बर्ष पुरानो ठेक्काको रकम भुक्तानी समेत गरेर करिब रु १५ करोडसम्म रकम खर्च हुन सक्छ ।” उनले भने–“अझै ५० प्रतिशत रकम फ्रिज जाने सम्भावना छ ।”
आयोजनाले दार्चुलामा दुई सय १२, बैतडीमा एक सय ४४, डडेल्धुरामा ५८ र कञ्चनपुरमा ११ किलोमिटर सडक निर्माण गर्नु पर्नेछ ।
त्यसैगरी बैतडीको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले महाकाली करिडोर सम्पन्न भएमा समग्र सुदूरपश्चिम प्रदेशमा पर्यटक भित्र्याउन टेवा पुग्ने बताउनुभयो ।
सरकारले घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्यमा परेको बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दीर करिडोर छेउमै रहेकोले यहाँ पर्यटक पुग्न सक्ने छोटो मार्ग बन्ने नगरप्रमुख थापाले भनाई छ ।
नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय क्षेत्र छनोट भएको यहाँ पर्यटक भित्र्याउन सकिनेमा उहाँ विस्वस्त हुनुहुन्छ ।
दशरथचन्द नगरपालिकामा ईश्वरी गंगा धाम, निङ्गलाशैनी मन्दीर लगायतका धार्मिक पर्यटकिय स्थल रहेका छन् ।
महाकाली करिडोरले बैतडीको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिका गरी चार वटा स्थानीय तहलाई छोएको छ ।
करिडोरको काम समयमै सम्पन्न हुन सकेमा यहाँका पर्यटकिय स्थलहरुमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन सकिने उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले बताउनुभयो ।
“यही गतिमा काम भएर पर्यटक बढ्लान भन्ने आश गर्नु बेकार हो ।” उनले भने–“करिडोरको काम अब युद्धस्तरमा हुनुपर्छ ।”
दोगडाकेदारमा रहेको प्रमुख धार्मिक तथा पर्यटकिय स्थलहरु देउलेक केदार, दोगडाधाम लगायतका धार्मिक पर्यटकीय क्षेत्रहरुमा पर्यटनको सम्भावना रहेको दोगडाकेदार– ४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो ।
“पर्यटनबाट पनि आर्थिक स्मृद्धिमा टेवा पुग्छ ।” वडाध्यक्ष भट्टले भने–“पर्यटन पनि सुदूरपश्चिमको मेरुदण्ड हो यसको विकास र विस्तारमा सबैको ध्यान जानुपर्छ ।”
शिवनाथमा अमरगढी किल्ला, नागार्जुन मन्दिर, पवित्र तिर्थस्थल नागार्जुन घाट रहेकोले करिडोर सञ्चालनमा आएको यहाँ पर्यटक भित्र्याउन सहज हुने शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो ।
बैतडीमा अन्य धार्मिक पर्यटकिय गन्तव्यमा नेपालकै गहिरो पतालभुवनेश्वर गुफा , मैलौली भगवती मन्दिर, रौलाकेदार, भिटाकेदार, उदयदेव मन्दिर, सिगास,त्रिवेणी धाम, डिलाशैनी मन्दिर लगायतका रहेका छन् ।
त्यसैगरी दार्चुलामा पनि महाकाली करिडोर निर्माण समयमै हुनसके यहाँको धार्मिक पर्यटनमा वृद्धि हुने जिल्लाबासीले आशा गरेका छन् ।
“भारतको भन्दा सहज नेपालतिर भएर यात्रा गर्न सकिन्छ ।” दार्चुलाको व्यासका स्थानीय जीतसिंह बोहराले भने–“विगतमा दार्चुलाबाट घोरेटोबाटो हुँदा कैलाश मानसरोवर दर्शन गर्ने यात्रुहरु नेपालकै बाटो प्रयोग गर्ने गरेका थिए ।”
उहाँले दुई लेनको करिडोर निर्माण भए पर्यटकहरुलाई समेत झन सहज हुने बताउनुभयो ।
अहिले यो करिडोरको व्यासको कोठेधारदेखि माथिल्लो ८७ किलोमिटर क्षेत्रमा सेनाले सडकको निर्माण जिम्मा लिने भएपछि स्थानीय समेत खुसी भएका छन् ।
केही दिन अघि दार्चुला भ्रमणका क्रममा पनि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले उक्त सडकको जिम्मा सेनालाई दिने गरी प्रक्रिया अघि बढाइसकेको बताउनुभएको थियो ।
यसले यहाँका पर्यटकीय क्षेत्रको प्रचार÷प्रसार तथा चीनको ताक्लोकोट जोड्ने समेत सहज हुनेछ ।
“यहि सडक भएर चीनको तिब्बसँग जोड्ने सबैभन्दा छोटो मार्ग बन्छ ।” व्यास गाउँपालिका वडा नं.– १ का वडाध्यक्ष अशोक बोहराले भन्नुभयो–“सामरिक महत्व बोकेको यो क्षेत्रमा पर्यटक भित्र्याउन यो सडक निर्माण जरुरी छ ।”
पछिल्लो ०६० सालयता नेपालतिर बाटो नभएकै कारण चीनसँगको व्यापार थोरै कमी आएको बताउँदै उहाँले प्यासमा सुरक्षा पोष्ट आवश्यक रहेको बताउनुभयो ।
“व्यासमा सुरक्षा पोष्ट र सडक सुचारु हुने हो भने कैलाश मानसरोवर धार्मिक यात्रा मात्र नभई चीनसँगको व्यापारमा समेत सहजता आउछ ।” उनले भने–“यहाँका अन्य पर्यटकीय स्थलहरुमा आवत जावत गर्न पनि सहज हुन्छ ।”
त्यसैगरी करिडोरले मुलुककै सातौ धाम मालिकार्जुन गाउँपालिकाका केहि वडाहरु समेत छोएको छ ।
“अझै यो सडकलाई जयपुर बन्तोली हुँदै मालिकार्जुन गाउँपालिकाको मालिकार्जुन मन्दिरसम्म ल्याएको धार्मिक पर्यटनमा सहज हुनेछ ।” मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले भने–“करिडोर सम्पन्न गर्न जनप्रतिनधी र स्थानीयबासीहरुको पनि दबाब दिनुपर्ने बेला आएको छ ।”
सरकारको एक सय गन्तव्य सूचीमा परेको मालिकार्जुन मन्दीर यहि करिडोर क्षेत्रभित्र परेपनि मन्दीर क्षेत्रभन्दा टाढा छ । तर पनि गाउँपालिकाले करिडोरसँग जोड्ने गरी शंकरपुर उकु सडक निर्माण गरेको छ ।
जौलजीवि–मालिकार्जुन जोड्ने गरी सुदूरपश्चिम प्रदेश सरकारको रु ५० लाख बजेट चालु आर्थिक बर्षमा विनियोजन गरेको छ ।
अहिले निर्माण भएका सडकहरुले करिडोरमार्फत लिंक सडकको रुपमा मालिकार्जुन गाउँपालिका जोडिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here