32.9 C
Mahendranagar

‘अमेरिकन आइडल’ काे शीर्ष २० नेपालका दिवेश

  • 9
    Shares

काठमाण्डौ – नेपाली गायक दिवेश पोखरेल चर्चित साङ्गीतिक रियालिटी शो अमेरिकन आइडलको शीर्ष २० मा छानिएका छन् ।

दिवेशको आइतबारको प्रस्तुतिलाई तीन जना निर्णायकले नै खुलेर प्रशंसा गरे । यो श्रृङ्खलाको निर्णायकमा लुक ब्रायन, केटी परी र लाइनल रिची छन् । दिवशको गायनलाई निर्णायकले ‘आउटस्ट्यान्डिङ पर्फमेन्स’ भनेका थिए । अडिशनमा दिवेशले बब ड्यालनको ‘गर्ल फ्रम द नर्थ अमेरिका’ र क्रीडिन्स क्लियरवाटर रिभाइभलको ‘ह्याभ यु एभर सिन द रेन’ गीत गाएका थिए । ‘मैले यसअघि यस्तो सङ्गीत सुनको थिइँन तर म चुम्बक जसरी तिमीतर्फ तानिए, त्यो तिमीले पनि थाहा पायौँ होला’, मेन्टर बब्बी बोन्सले भने ।

काठमाण्डौमा जन्मिएका दिवेश पाँच वर्षअघि अमेरिका पुगेका थिए । उनी अहिले परिवारसँगै क्यान्सस राज्यको विचिटामा बस्दै आएका छन् । दिवशको स्टेजको नाम भने ‘अर्थर गन’ हो ।
अमेरिकन आइडलको १८औँ श्रृङ्खला गएको आइतबारदेखि सुरु भएको हो ।

  • 9
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...