32.9 C
Mahendranagar

रामायणको रोचक प्रसंग – १४ वर्षे वनवासमा लक्ष्मण एक सेकेण्ड पनि निदाएनन्

  • 10
    Shares

/fमायणका धेरै रोचक प्रसंगहरू छन् । वाल्मिकी ऋषिले लेखेको रामायणका बारेमा अहिलेसम्म हजारौंपटक अध्ययन र अनुसन्धान भएका छन् ।
रामायणमा रामका भाइ लक्ष्मणसँग जोडिएको एक रोचक प्रसंग छ ।
यस्तो मानिन्छ कि १४ वर्ष वनवास बस्दा लक्ष्मण एकपटक पनि निदाएनन् । आफ्नो दाइ राम र भाउजु सीताको रक्षाका लागि उनी २४ सै घण्टा जागा रहन चाहन्थे । यसै कारणले लक्ष्मणलाई ‘गुदाकेश’ पनि भनेर बोलाउने गरिन्छ ।
वनवासको पहिलो रात जब राम र सीता सुतिरहेका थिए त्यतिबेला निन्द्रादेवी लक्ष्मणसामू प्रकात भइन् । लक्ष्मणले निन्द्रादेवीसँग १४ वर्ष वनवासको समयमा आफूलाई एकपटक पनि निद नआओस भनी बरदान मागे ।निन्द्रादेवीले किन यस्तो वर मागेको भनेर सोधिन । त्यसपछि लक्ष्मणले आफू सुते दाइ भाउजुको सुरक्षाका कसले गर्छ भनी प्रश्न गरे ।

निन्द्रादेवी प्रसन्न भएर भनिन्, ‘यदि तिमि सुत्न चाहन्नौ भने तिम्रो सट्टा अरू कोही सुतिदिनुपर्छ । तबमात्र तिमीलाई यो वरदान प्राप्त हुन सक्छ ।’

त्यसपछि लक्ष्मणले आफ्नी पत्नी तथा सीताकी बहिनी उर्मिलासँग सल्लाह गरे ।
उर्मिला १४ वर्षसम्म सुतिरहन तयार भइन् ।

  • 10
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...