32.9 C
Mahendranagar

ब्रिटिस गोर्खा आर्मीको साहसिक कार्यलाई चलचित्रमा उतारिने

  • 13
    Shares

काठमाडौं स् ब्रिटिस गोर्खा आर्मीको साहसिक कार्यलाई अब चलचित्रमा उतारिने भएको छ। ब्रिटिस गोर्खा आर्मी संसारभर चर्चित छन्। भारतमा नेपाली गोर्खाली सैनिकको त छुट्टै पल्टन गोर्खा राइफल्स नै छ।

नेपालसहित बेलायत, भारत, सिंगापुर, ब्रुनाईलगायत धेरै देशमा वीर गोर्खालीको रूपमा साहसिक कार्यबाट ख्याति कमाएर सेवारत गोर्खा आर्मीको साहसिक कार्यलाई अब चलचित्र निर्देशक मिलन चाम्सले चलचित्रमा उतार्ने भएका हुन्।

सन् २०२१ मा विश्वव्यापी रिलिज गर्ने लक्ष्यसहित निर्देशक चम्सले नयाँ चलचित्र ‘गोर्खा वारियर’ निर्माण र निर्देशन गर्न लागेका हुन्। यसै क्रममा यो चलचित्रका मुख्य कलाकार चयन गरिएको छ। गोर्खा वारियरबाट रितेश चाम्सले नायकको रूपमा डेब्यु गर्दैछन्। यस्तै दयाहाङ राई, वर्षा शिवाकोटी, प्रशान्त तामाङ ९इन्डियन आइडल०, क्याप्टेन विजय लामा, बुद्धि तामाङ, माओत्से गुरुङ, रूपा पुन, कविता आलेसहितका कलाकार चयन भइसकेका छन्।यसै क्रममा चलचित्रको बेलायतमा प्रचार सुरु गरिएको छ। सन् २०२१ मा रिलिजको लक्ष्यसहित बेलायतका पब्लिक बसमा चलचित्र गोर्खा वारियरको पोस्टरसहित प्रचार सुरु गरिएको छ। लन्डनमा विश्व प्रिमियर गर्ने क्रममा १० हजार दर्शक भेला पार्ने उद्देश्यले अहिलेदेखि त्यहाँको डबल डेकर बसमार्फत शुक्रबारबाट प्रचार सुरु गरिएको निर्देशक चाम्सले जानकारी गराएका छन्।

यो चलचित्रलाई लन्डन सिने आई प्रोडक्सनले निर्माण गर्ने भएको छ। विश्वका चर्चित युद्धमा संसार हल्लाउने वीर गोर्खाली नेपालीको साहसिक कार्यसँगै युद्धमा उनीहरूको साहसिक सफलताका कथामा यो चलचित्र निर्माण हुने निर्देशक चाम्सले जानकारी गराए। यो चलचित्रको आलेख प्रदीप भारद्वाजले सम्पन्न गरिसकेका छन् भने अहिले अन्य कलाकारसँगै टेक्निसियन चयनको कार्य चलिरहेको छ। (साभार अन्नपूर्ण पोष्ट )

  • 13
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...