मेसीको गोलले बार्सिंलोनालाई राहत

बार्सिलोना : स्पेनसि ला लिगा अन्तर्गत सोमबार बिहानको खेलमा लिग लिडर बार्सिलोनाले कठिन जित निकालेको छ । कप्तान लियोनल मेसीको १ गोलको मद्दतमा बार्सिलोनाले ग्रानाडालाई १–० ले हराएको हो ।
आफ्नै मैदानमा बार्सिलोनाले ग्रानाडालाई पूर्ण दबाबमा राखेको थियो। पोजिसनमा बललाई खेल अबधिको करिब ८७ प्रतिशत समय आफ्नो पक्षमा पारेको बार्सिलोनाले ग्रानाडाको कडा डिफेन्सको सामना गर्नु पर्‍यो। यस खेलमा बार्सिलोनाका लागि अर्का महत्वपूर्ण स्ट्राइकल स्वारेज भने सहभागी िथएनन् । अ‌ंसुमान फातीलाई मिडफिल्डमा उतारिएको थियो ।

खेलको ७७औं मिनेटमा भिडालको सहयोगमा मेसीले गोल गरेपछि बार्सिलोना ३ अंक जोड्न सफल भएको छ । जितपछि २० खेलबाट ४३ अंक बनाएको बार्सिलोना गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ। समान खेलबाट समान अंक रहेको रियल मड्रिड दोस्रो स्थानमा छ अधिल्ला २ सिजन सहजै उपाधि जितेको बार्सिलोनालाई यस सिजन कठिन देखिएको छ। तेस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा रियल र बार्सिलोना ८ अंकले अधि छन् । उपाधि होडमा बार्सिलोना र रियल मड्रिडको कडा टक्कर देखिएको छ।

बार्सिलोनाले २० खेलमा १३ मा जित ४ बराबरी खेल्दा ३ मा हार व्यहोरेको छ । रियल मड्रिडले भने जम्मा १ खेलमा मात्रै हार व्यहोरेको छ तर ७ खेलमा बराबरी खेलेको रियलले १२ मा जित हात पारेको छ। गोलअन्तरमा बार्सिलोनाले आफूले खाएको भन्दा विपक्षीविरुद्ध २७ गोल बढी गरेको छ भने रियलले २५ गोल गरेको छ । गोलअन्तरमा रियल २ गोलले पछि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here