32.9 C
Mahendranagar

देउडामा गायनमा रेखाको राज

  • 4
    Shares

महेन्द्रनगर,६ माघ
कामप्रतिको लगाव र परिश्रम गरे जाहे जुनसुकै क्षेत्रमा पनि सफल भइन्छ भन्ने उदाहरण बनेकी सुदूरपश्चिमको युवा देउडा गायिका रेखा जोशी सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल सावित हुनुभएको छ ।
पाँच बर्षअघि मात्रै सुदूरपश्चिमको देउडा गायन क्षेत्रमा प्रवेश गरेकी कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालकी रेखा जोशी देउडा गीत सुन्ने यहाँका पारखीहरुको मन–मनमा पस्न सफल भएकी छन ।
पाँच बर्षको अवधीमा सात सय भन्दा बढी देउडा, लोक तथा सुदूरपश्चिमको ठाँडी भाकामा स्वर दिइसक्नु भएकी गायिका जोशीको नाम अहिले देउडाको गायनमा अग्रस्थानमा छन ।
२०७१ सालमा ‘घुटुक्क बाडुली लाग्या’ बोलको गितमा पहिलो पटक स्वर दिनुभएकी जोशीका एकपछि अर्को देउडा गीत बजारमा आउने क्रम रोकिएको छैन ।
“तीन बर्षअघि बजारमा आएको ‘मैना’ एल्बम्ले सुदूरपश्चिमको देउडा क्षेत्रमा तहल्का मच्चाउदै मलाई परिचित गरायो ।” गायिका जोशीले भन्नुभयो–“मैना गित युट्वमा समेत २६ लाख भन्दा बढीले हेरे ।”
काठमाण्डौको शंकरदेव क्याम्पसमा स्नाकोत्तर तहको अध्ययन गरिरहेकी गायिका जोशी यतिबेला सुदूर र कर्णाली प्रदेशका भइरहेका मेला महोत्सवको स्टेज कार्यक्रममा व्यस्त रहेको बताउछिन ।
“देउडाले पनि सुदूरपश्चिमलाई मुलुकभर चिनाएको छ ।” उहाँले भन्नुभयो–“विदेशमा पनि नेपालीहरु देउडा भन्नासाथ हुरुक्कै हुन्छन् ।”
प्रदेशको पिडा, सुदूरपश्चिमको कला, संस्कृतीलाई संरक्षण एवं सम्वद्र्धनमा समेत देउडा गित सहयोग बन्दै आएको बताउँदै जोशीले पछिल्लो समय आफू यहाँका पर्यटकीय स्थलहरुको समेत सांगितिकी यात्रामार्फत प्रचारप्रसारमा जुटिरहेको बताउनुभयो ।
“भारतको दिल्ली, बैंग्लोर, मुम्बैदेखि कतार, दुबई, कोरियासम्म देउडा गायनका क्रममा पुगेको छ ।” उहाँले भन्नुभयो–“गायनबाट अध्ययनलाई प्रभावित हुन दिएको छैन ।”
हाल सुदूरपश्चिम प्रदेशको लोकदोहरी प्रतिष्ठानको सदस्य समेत रहेकी गायिका जोशीले आफू स्कूले समयदेखि नै गायनमा बुवा÷आमासंगै लागेको बताउनुभयो ।
“बुवा र आमा पनि देउडा गित राम्रै गाउनुहुन्थ्यो ।” उहाँले भन्नुभयो–“दुवै दाजुहरुले पनि गायनका क्रममा स्टूडियो पु¥याउनसम्म ठुलो सहयोग गरे ।”
करिब तीन बर्ष यहाँको स्थानीय रेडियोमा काम समेत गर्नुभएकी जोशीलाई विगत केही बर्षयता यहाँका हरेक सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरुमा स्थान दिदैं आइएको छ ।
“बैकिङ्ग क्षेत्रमा जाने ठुलो चाहना थियो ।” उहाँले भन्नुभयो–“देउडा यहाँको संस्कृति भएकाले पनि हामी युवा पुस्ता यसको जगेर्नामा लाग्नुपर्छ ।”
पछिल्लो समय यहाँको देउडा गायन क्षेत्रमा निकै सक्रिय र व्यस्त रहेकी जोशीले लोप हुन लागेको देउडामा नयाँ क्रेज थपिएको बताउनुभयो ।
“युवा पुस्ता पनि देउडामा नयापन ल्याउँदा झम्मिरहेको देख्छु ।” उहाँले भन्नुभयो–“गायनबाटै सम्मान र दाम समेत पाएकै छु ।”
पछिल्लो समय युवा पुस्तामाझँ निकै लोकप्रिय बनेका देउडा गायक लालबहादुर धामी (अछामी बड्डो) ले गायिका रेखा जोशी छोटो समयमै सफल कलाकारका रुपमा लिनुहुन्छ ।
“देउडामा थोरै समयमा रेखाले राम्रो प्रगती गरिँन ।” उहाँले भन्नुभयो–“उनलाई यहाँका अग्रजहरुको पनि साथ र सहयोग छ ।”

  • 4
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...