मुक्त हलियालाई घर हस्तान्तरण

कञ्चनपुर : भीमदत्त नगरपालिका– १९ बागफाँटाका मुक्त हलियाले घर पाएका छन् । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ३२ परिवार हलियालाई घर हस्तान्तरण गरेको गरेकी हुन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मुक्त हलिया पुर्नस्थापना कार्यक्रम अन्तर्गत निर्माण गरिएको नमुना वस्ती एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो । एकीकृत वस्ती नै निर्माण गरेर हलिया वस्ती औपचारिक रुपमा सरकारले हस्तान्तरण गरेको यो पहिलो हो ।
त्यस अवसरमा वस्ती हस्तान्तरण गर्दै मन्त्री अर्यालले कोही पनि भूमिहिन, सुकुम्बासी नहुने अभियानमा सरकार अगाडी बढेको बताइन् ।
बताएकी छन् ।

हलियाको तथ्यांक संकलनका क्रममा केही हलिया छुट हुन गएको गुनासो आएपछि सरकारले त्यसलाई पुर्नपहिचान गरेको र अझैपनि छुट्न गएकालाई सम्बोधन गरिने बताए ।
मन्त्री अर्यालले भनिन्, ‘पहिचान भएकालाई पहिला व्यवस्थापन गरौं । बाँकी छुट रहेकालाई पनि सरकारले कुनै न कुनै ढंगले सम्बोधन गर्छ ।’

सरकारले पुर्नस्थापना गरिसकेपछि आम नागरिक सरह भएको भन्दै उनले अब सधैं हलिया भएर बसिरहन नहुने बताइन् । आफैले गर्नसक्ने कामहरू आफैले गर्नुपर्ने भन्दै उनले कुनै न कुनै जिविकोपार्जनका काममा लाग्न आग्रह गरिन् । राज्यले दिने सहुलियत दिँदा महिला र पुरुष दुवैको स्वामित्व स्थापित हुनेगरी दिइएको भन्दै उनले सुकुम्बासी, हलिया सबैलाई संयुक्त लालपुर्जा दिइने घोषणा गरेकी छन् ।
सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । तर लामो समयसम्म पुर्नस्थापना हुन सकेको थिएन । साविक सुदूरपश्चिम क्षेत्रका ९ जिल्ला र मध्यपश्चिम क्षेत्रका ३ जिल्लाका १८ हजार नौ सय ५३ हलिया परिवारको पुर्नस्थापना घोषणा गरिएको थियो ।
गत वर्ष कञ्चनपुरमा मात्र १७ सय ८५ परिवारको हलियाको पुर्नस्थापना गरिएको थियो । पुर्नस्थापना हुन बाँकी हलियालाई पुर्नस्थापनाका लागि स्थानीय तहमा बजेट पठाइको गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीले जानकारी दिए । सरकारले बागफाँटा वस्तीमा मुक्त हलिया पुर्नस्थापनाका लागि ३२ वटा ३ कोठाको घर निर्माण गरेको हो । सँगै शौचालय, २० फुटको बाटो वरिपरी नालासहित वस्ती निर्माण गरेको छ । बाटोको दुवैतर्फ घर निर्माण गरिएको छ ।
मन्त्रालयका उपसचिव गोपाल गिरीका अनुसार प्रतिघर ३ लाख लागत लागेको छ । जसमा नेपाल सरकारको २ लाख २५ हजार र बाँकी रकम ह्याबिटेट फर ह्युमानिटी नामक गैरसरकारी संस्थाले सहयोग गरेको छ ।
ह्याबिटेटले प्राविधिक सहयोग र अपुग रकम सहयोग गरेको हो भने भिमदत्त नगरपालिकाले नाला निर्माण र खानेपानीलगायतमा सहयोग गरेको हो । १० धुर जग्गासहित प्रतिपरिवार ४ लाख २५ हजार जम्मा लगानी लागेको छ ।
कञ्चनपुर जिल्लामा मात्र २ हजार ७ सय परिवार मुक्त हलिया रहेकोमा सूची संशोधन हुँदा २ हजार ५ सय पहिचान भएको थियो । जसमध्ये १ हजार ७ सय ८५ को गत वर्ष पुनस्र्थापना गरिएको थियो भने १०६ परिवालाई हस्तान्तरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here