सहकारी हाँक्दै मुक्त कम्लहरी

महेन्द्रनगर,५ माघ
कुनै बेला साहुजनको घरमा काम गरेर जिविकोपार्जन गर्ने मुक्त कम्लहरीहरुले पुर्नस्थापनापछि समाजका देखाएको अग्रसरताले कञ्चनपुरको बेलौरी नगरपालिका–३ पडावका महिलाहरु दिनचर्या फेरिएको छ ।
गाउँका ५७ जना मुक्त कम्लहरी एकजुट भएर सहकारी स्थापना गरेर गाउँमा जिविको पार्जनका लागि कृषि, खुद्रा पसल, च्याउ खेती, बाख्रापालन र माछापालन लगायत आयमुलक काममा लागेका स्थानीय महिलाहरुले सहकारी मार्फत नै गाउँमा उदाहरणीय काम गरिरहेका छन ।
सात बर्षअघि गाउँमा सम्झना महिला कृषि सहकारी संस्था स्थापना गरेर आयमुलक काम थालेका मुक्त कम्लहरीहरुलाई अहिले गाउँका अन्य महिलाहरुले समेत साथ दिएका छन ।
“सुरुवात हामी मुक्त कम्लहरीबाट ग¥यो ।” सहकारीका अध्यक्ष कमलाले भनिन–“गाउँका विपन्न परिवारका महिलाहरुलाई पनि आयमुलक व्यवसायमा लगाउन प्रेरित गर्ने उद्देश्यले सहकारीमा सेयर सदस्य २७९ जना महिला पु्¥यायौं ।”
मुक्त कम्लहरी समेत रहेकी अध्यक्षले हाल सहकारी साढे २९ लाखको कारोबार सम्हालेको बताउनुभयो ।
“सुरुवातमा मासिक बचत रु ५ बाट थालेका थियौ ।” भनिन–“अहिले समुहबाटै किसानलाई ऋण लगानीदेखि मलखादसम्म गाउँमै उपलब्ध गराइरहेका छौं ।”
सहकारीबाट ऋण लिएर महिलाहरु तरकारी खेती, च्याउ खेती, माछा पालनदेखि विभिन्न व्यापारमा संलग्न रहेका छन् ।
“जीवनका धेरै बर्षहरु घरको चुलोचौको मै बितायौं ।” चौधरीले भने–“सहकारी मार्फत कृषिमा लाग्दा अहिले अरुको भर पर्नु परेको छैन ।”
त्यसैगरी सहकारीमा आवद्ध मुक्त कम्लहरी गिता चौधरीले आफ्नै व्यवसायमा सक्रिय हुँदा अरुको काम गर्न जान रोकिएको बताउनुभयो ।
“पहिले गाउँका महिलाहरु मिलेर सिमावर्ती भारतीय किसानको समेत काम गर्न जान्थ्यौं ।” उनले भनिन–“अहिले आफैले उत्पादन गरेको तरकारी बिक्री वितरणमा जुटेका छौं ।”
उक्त सहकारीसित गाउँका दश वटा कृषि समुह आवद्ध रहेका छन । सहकारी अध्यक्ष कमला चौधरीले गाउँमा रु २२ लाख २४ हजार ऋण लगानी गरिएको बताउनुभयो ।
“रु पाँच लाख सहकारीमा बचत छ ।” उनले भनिन–“सदस्यहरुले आयमुलक कामका लागि सहुलियतमा ऋण सुविधा पाइरहेका छन ।”
त्यसैगरी सहकारीका व्यवस्थापन मुक्त कम्लहरी सुनिता रानाले सहकारीमा आवद्ध मुक्त कम्लहरीहरु आयमुलक काममा व्यस्त रहेको बताउनुभयो ।
“गाउँका करिब ४२ परिवारमा मुक्त कम्लहरी रहेका छन ।” उनले भनिन–“मुक्त भइसकेपछि प्रायः सहकारीमा आवद्ध भएर गाउँमा सक्रिय नै छन ।”
२०७० सालमा यहाँको देखतभुली गाउँमा दुई बर्ष कम्लहरी बसेकी रानाले कक्षा–७ सम्मको शिक्षा हासिल गरेपनि सहकारीको व्यवस्थापनमा अब्बल छिन् ।
उहाँले मुक्त कम्लहरी विकास मञ्चको सहयोगमा गाउँका मुक्त कम्लहरीहरुले नास्ता बनाउने तालिम समेत लिएको जानकारी दिनुभयो ।
“तालिम लिएका मध्ये ६ जनाले अहिले गाउँमै नास्ता पसल सञ्चालन गरेका छन ।” उनले भनिन–“आयमुलक काममा लाग्न सीपमुलक तालिम पाउँदा पनि सहजता मिलेको छ ।”
सहकारी स्थापनादेखि विभिन्न प्राविधिक विषयमा सहयोग गर्दै आएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) कञ्चनपुरले जिपिको पार्जन कार्यक्रम मार्फत सहकारीलाई रु पाँच लाख अनुदान रकम उपलब्ध गराएको जनाएको छ ।
जिविकोपार्जनका कार्यक्रम संयोजक राजकुमार सुनारले मुक्त कम्लहरीहरुलाई समाजमा पुर्नस्थापन र आत्मनिर्भर बनाउन सहयोग गरिएको बताउनुभयो ।
“त्यहाँ आयमुलक काममा लागेका महिला किसानहरुलाई अहिले कृषि ज्ञान केन्द्र र स्थानीय तहहरुले समेत सहयोग गरिरहेका छन ।” सुनारले भने–“अझै लक्षित वर्गसम्म आयमुलक व्यवसायमा अग्रसरता गराउन आवश्यक छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here