वडा अध्यक्षमाथी हातपात

महेन्द्रनगर,२२ पुस
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –११ का वडा अध्यक्ष दिल बहादुर बुढामाथी हातपात गरिएको छ ।
छाडा पशु व्यवस्थापन गरे बाफतको रकम नदिएको भन्दै स्थानीय अग्नी विष्ट र उनका छोरा लोकेन्द्र विष्टले मंगलबार कार्यालयमै उनीमाथी हातपात गरेका हु्न ।
वडा अध्यक्ष बुढाका अनुसार अग्नी विष्टलाई शुक्लाफाँटा नगरपालिकाले स्थानीय तह निर्वाचन पछि छाडा चौपाया व्यवस्थापनका लागि रु २ लाख ६० हजार दिएको थियो । विष्टले उक्त रमक कम भएको भन्दै वडा कार्यालयमा पैसा माग्न आएका थिए ।
‘२०७४ मंसिरमा छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले अग्नी विष्टलाई पैसा दिएको थियो ।’ वडा अध्यक्ष दिल बहादुर बुढाले भने–‘आज दुई वर्षपछि वडा कार्यालयमा पैसा माग्न आउनुभयो मैले वडाबाट दिन सकिदैन नगरपालिका जानुस भनेको हु ।’
उनले वडा कार्यालयबाट पैसा दिन नसकिने भनेपछि बाबुछोराले आफुमाथी हातपात गरेको बताए ।
ईलाका प्रहरी कार्यालय झलारीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here