सपना हराएको आँखा

कविता
आकाशमा जूनतारा लाग्दैनन जस्तो ,
बिहानी हुदैन जस्तो ,
फूलहरु फूल्दैनन जस्तो ,
यी नयनमा छाँएको रहेछ,
अौसिको अंन्धकार।

खै जीवन जीवन मात्रै हो कि?
अनेकौं प्रश्न खडा हुन्छन् ,
अँ साच्चै ,
त्यो मुहारले मुस्कान पाउँला र ?
त्यी नयनले प्रकाश आउँला र?

समयको गति रोकिए झैँ ,
उसका विचारहरु रोकिएका रहेछन
फूलहरु फूल्न छाँडे झैँ ,
उसको हाँसो पो हराएको रहेछ,
केवल प्रतीक्षामा
कुनै दिन सबै आगमन ह‍ोला भन्ने।

कहिले मजबुरिले,
कहिले खुशीले,
सधैं जसो आँखाले पानी भर्दै गए,
आरोह,अबरोध कति-कति??
हिसाब नै कहाँ राख्न सक्यो?

तर,
उसको अविरल यात्रा
निरन्तर चलि रह्यो ,
मेटाउदै हिडेका पाइलाहरु,
बिर्सिदै हिडेको बाटो,
अवश्मरणियता खुसीका लागि ,
खाल्डाखुल्डी पुर्दै जिन्दगीका
यता उता भौतारी रहेको ,
एउटा जीवन ।

द‍ोषी एेनामा निर्दोष अनुहार नियाल्छ,
जीवन पथका निश्चल यात्रालाई,
हृदय भरीको यर्थाथ भाषा बुझ्ने प्रयासमा,
खुसीहरु कहाँ -कहाँ टुक्रिएर गए??
आफ्ना इच्छा र चाहना मार्दै,
उँ अगाडि बड्न खोज्छ।

आकाश छुने लक्ष्य बोकेको मनस्थिति
आफू नै आफैंमा भौतारी रहेछ,
आफ्नै छाँयाको त्यो प्रकाष्ठमा,
साहारा नपाउदा लरखराँइरहेछ।
सोधिरहेछ पीडादायी समयलाई ,
आखिर कहिले सकिन्छ???
सोधिरहेछ उसले पुज्ने भगवानसँग ,
गहिरो खाल्डो जस्तै उसको दुःखको कथा
हेरि देऊन उसका गहिरा आँखामा ,
सपना हराएको पीडा।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here