कृर्षि व्यवसायिक र निर्यातमुखी हुनुपर्छ : अर्थमन्त्री बोहरा

महेन्द्रनगर,२१ पुस
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले कृर्षि व्यवसायिक र निर्यातमुखी हुनुपर्ने बताएका छन ।
सोमबार कञ्चनपुर उद्योग वाणिज्य संघको ३० औ साधारण सभामा बोल्दै मन्त्री बोहराले कृर्षि व्यवसायिक र निर्यातमुखी भए मात्रै प्रदेश समृद्ध हुने बताउदै व्यवसायीक कृर्षिमा जोड दिनुपर्ने बताए ।
‘२६ लाख जनसंख्या भएको सुदूरपश्चिम प्रदेशमा ३ प्रतिशत मात्रै व्यवसायिक कृर्षिमा छन ।’ मन्त्री बोहराले भने–‘हामीले आयात विस्तापीत गरि उद्योग स्थापना गर्न तर्फ लाग्नुपर्छ ।’ उनले सबैले वित्तिय अनुशासन कायम राख्नुपर्नेमा जोड दिए ।


उनले सरकारलाई दोष मात्रै दिनुभन्दा पनि सबैले उत्पादन मुलक कार्यमा अग्रसर हुनुपर्ने बताए । ‘प्रदेश सरकारले जग्गा बाझो राख्नेलाई कर लगाएको छ जग्गा बाझो राखेर विदेशको चामल खानु हुदैन ।’ उनले भने–‘हामी आत्मनिर्भर हुनुपर्छ आयातलाई विस्तापित गरि निर्यात तर्फ उन्मुख हुनु आवश्यक छ ।’
त्यस्तै उनले कानुनको बाधा अड्चनले काममा केही ढिलाई भए पनि पूर्वाधार विकासमा प्रदेश सरकार लागि परेको बताए । उनले प्रदेश सरकारले पश्चिमसेती जलविद्युत आयोजना र सेती लोक मार्ग पनि सञ्चालनमा ल्याउन गृहकार्य गरिरहेको बताए ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा प्रदेश सरकारले उलेख्य बजेट खर्च गरेको बताउदै उनले चालु आर्थिक वर्षमा प्रदेश सरकारले ९० प्रतिशत भन्दा बढी बजेट खर्च गर्ने लक्ष्य लिएको बताए ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग वहादुर मल्लले मानसरोवर जान तिंकर नाका सरल र सहज हुने भएकाले नाका खोल्न आवश्यक रहेको बताए ।


उनले दोधारा चादनीमा खुख्खा बन्दरगाह निमार्ण र शारदा व्यारेजको गेट २४ घण्टा खुल्ला गर्न सके यहाँको व्यापार प्रवद्धनमा सहयोग पुग्ने भएकाले नाका खुलाउन पहल गर्न समेत आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here