लोकतन्त्रको आवरणमा लुटतन्त्र ः कमल थापा

महेन्द्रनगर,२० पुस
राष्ट्रिय प्रजातन्त्रक पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा लुटतन्त्र कायम रहेको बताएका छन् ।
मिडिया नेपाल कञ्चनपुरले आईतबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले व्यापक भ्रष्टाचार भएको बताउदै एनसेल कर छली,वाईडबडी काण्ड, सु्न तस्कर र सार्वजनीक जग्गा कब्जा गर्ने काण्डहरुले निती गत भ्रष्टाचारलाई प्रोत्साहित गरेको बताए ।
प्रमुख राजनैतीक दलका प्रमुख नेता ठुला व्यापारी र केही कर्मचारीहरुको त्रिकोणत्मक गठबन्धनले भ्रष्टाचारका काण्ड भैरहेको बताए ।‘अबौ भ्रष्टाचारका काण्डमा सत्तारुठदलका नेताका साथसाथै प्रमुख प्रतिपक्षीको पनि संलग्नता रहेको देखिन्छ जसको कारणले अपराधीले उन्मुक्ति पाइरहेको छ ।’ थापाले भने ।
त्यस्तै उनले पहाड देखी तराई सम्म धर्म परिवर्तनको लहर देखिन थालेको बताए । संगठित र योजनाबद्ध तरिकाले भइरहेको धर्म परिवर्तनले सामाजीक सदभाव खलबलिदै गएकोे बताए ।
उनले देशमा वेरोजगारी मौलाउदै गएको बताए । ‘युवा जनसंख्याको ५० प्रतिशत विदेश पलायन हुन बाध्य छन ।’ थापाले भने–‘क्रियाशिल युवा विदेश पठाएर समृद्ध नेपाल सुखी नेपालको नारा पुरा हुदैन ।’
वर्तमान सरकारले संवैधानीक र कुटनैतीक निकायलाई कब्जा गरेर आफु अनुकुल कानुन संशोधन भईरहेको बताउदै उनले कानुन र संविधानलाई दुरुपयोग गर्दै देशलाई सर्वसत्तावाद तर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाए ।
‘नेपालमा लोकतन्त्र फेरि धरापमा पर्न सक्ने खतरा छ ।’ उनले भने–‘भ्रष्टाचार गरेर अकुत सम्पत्ती आर्जन गर्ने र राज्य संयन्त्रलाई कब्जा गरेर शक्ती हातमा ल्याउने प्रयास भइरहेको छ ।’
उनले प्रकाश चन्द्र लोहनी र पशुपती शमशेर जबराले नेतृत्व गरेको राप्रपा संग चाडै एकिकरण हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here