पर्यटन मेरुदण्डः पूर्वप्रधानमन्त्री नेपाल

????????????????????????????????????

डम्बर दत्त भट्ट
महेन्द्रनगर,१९ पुस
पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालले पर्यटन मुलुकको मेरुदण्ड भएको बताउनुभएको छ ।
भ्रमण बर्ष–२०२० का अवसरमा शनिबार कञ्चनपुरको बेदकोट नगरपालिकाले पर्यटकीय स्थल बेदकोट ताल क्षेत्रमा आयोजना गरेको कञ्चनपुरका स्थानीय जनप्रतिनिधीहरुबिच अनुभव आदानप्रदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले मुलुकका लागि कृषि आधार र जलस्रोत र पर्यटन मेरुदण्ड भएको धारणा राख्नुभयो ।
पर्यटन प्रर्वद्धनका लागि यसअघिका सरकारहरुले पनि पहल गर्दै आएको बताउँदै उहाँले पर्यटीय हिसाबले विशाल सम्भावना रहेपनि त्यसको गहन रुपमा अध्ययन र खोजी सरकारी तवरबाट हुन नसकेको जानकारी दिनुभयो ।


“पर्यटकहरुकै राय सुझाव संकलन गरेर पर्यटकलाई कसरी आर्कषित गर्न सकिन्छ भनेर गहिरो अध्ययन भएको छैन ।” उहाँले भन्नुभयो–“एक राम्रो पर्यटक मुलुकमा भित्रिए तीन जनाको जीवन यापन हुनसक्छ ।”
वर्तमान सरकारले भ्रमण बर्ष २०२० मा २० लाख विदेशी पर्यटक ै भित्र्याउन लागि परेको भन्दै उहाँले पर्यटकलाई आकृषित गर्ने विषयमा पनि हामी जानकार हुनुपर्छ ।”
“२०११ मा म प्रधानमन्त्री हुँदा पनि भ्रमण बर्ष मनाएका थियौं ।” उहाँले भन्नुभयो–“छिमेकी मुलुकबाट पनि यहाँ धेरै पर्यटकहरु भित्रिनसक्छन् ।”
भारत र चीनसित राम्रो सम्वन्ध कायम चाहेको बताउँदै उहाँले सीमा विवादबारे भारतसित तथ्य र प्रमाणका आधारमा कुरा भएर उक्त विषय छिनोफानो हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।
होइवेज, एयरवेज र रेजवेज (थ्रीवेज)को पुर्वाधार विकास आवश्यक रहेको बताउँदै उहाँले भौतिक पुर्वाधार विकासमा पनि जोड दिइएको धारणा राख्नुभयो ।
सुदूरपश्चिम विकासको मुलधारमा आउन सकेनः कानून मन्त्री शाह
त्यसैगरी कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले सुदूरपश्चिम जलस्रोत, पर्यटनको अथाह सम्भावना भएको प्रदेश भएपनि विकासको मुलधारमा आउन नसकेको बताउनुयो ।
“दोधारा चादँनीको सुख्खाबन्दरगाहदेखि पश्चिम सेती परियोजना जस्ता यहाँका राष्ट्रिय गौरबका आयोजनाहरु अलपत्र छन् ।” मन्त्री शाहले भन्नुभयो–“अब प्रदेशको विकासका लागि एकजुट हुनुपर्ने बेला आएको छ ।”
सुदूरपश्चिम विभेदकै कारण विकासको मुलधारमा आउन नसकेको भन्दै शाहले जातीय र भौगोलिक विविधताका बाबजुत पनि एकतावद्ध भएर प्रदेशको विकासका लागि अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।


त्यस्तै कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले सुदूरपश्चिममा पर्यटकलाई आर्कषित गर्न गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
“आन्तरिक र बाह्य पर्यटक भित्र्याउनु हाम्रो जिम्मेवारी हो ।” सभामुख थापाले भन्नुभयो–“धनगढी विमास्थल अन्र्तराष्ट्रि विमानस्थल बनाउन र दार्चुलाको तिंकर र बझाङ्गको उरै नाका पनि बहस र छलफलमा ल्याउनुपर्छ ।”
सोही कार्यक्रममा बोल्दै प्रतिनिधीसभा सदस्य डा. दिपकप्रकाश भट्ट पश्चिमी नाका गड्डचौकीलाई अन्र्तराष्ट्रिय व्यापारिक नाका र दोधारा चादँनीमा सुख्खा बन्दरगाह बनाउने विषय अघि बढेको बताउनुभयो ।
“सुख्खाबन्दरगाहलाई बेदकोटको दैजी औद्योगिक क्षेत्रसित जोडेर विशेष आर्थिक क्षेत्र विकास गर्ने विषयमा पनि हामी छलफलमा छौं ।” उहाँले भन्नुभयो–“महाकाली लोकमार्गदेखि यहाँका अन्य सडक निर्माण पनि अघि बढिरहेका छन ।”
त्यसैगरी कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका अर्का सदस्य नरबहादुर धामीले सरकारले सुदूरपश्चिमका पर्यटकीय स्थलहरुलाई पर्यटकको गन्तव्य स्थलमा नराखेर उपेक्षा गरेको बताउनुभयो ।
“सुदूरपश्चिमको सुन्दरतालाई हत्केलाले छेकेर अब छेकिन्न ।” धामीले भन्नुभयो–“यहाँको विकास निर्माणमा पनि प्रदेश सरकारको ध्यान जाओस ।”
साग पदक बिजेतालाई सम्मान
सोही कार्यक्रममा हालै सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा महिला कुस्तीतर्फ काष्य पदक बिजेता मनिशा सिंह, महिला कवड्डी टिममा सहभागी खेलाडीद्वय जयन्ती बडू र गंगा धामीलाई नगदसहित सम्मान गरिएको छ ।


बेदकोट नगरपालिकाका अनुसार सागमा रजत बिजेतालाई रु ३० हजार र काष्य पदक बिजेती यहाँका खेलाडीलाई रु २५ हजार नगदसहित सम्मान गरिएको हो ।
त्यसैगरी साग प्रतियोगितामा पदक ल्याउन प्रशिक्षणतर्फ खटिनुभएका कवड्डीका मुख्य प्रशिक्षक तारासिंह भाट, सहायक प्रशिक्षक विश्णुदत्त भट्ट र कुस्तीका सहायक प्रशिक्षक राजेन्द्र चन्दलाई पनि सम्मान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here