मिडिया विधेयकको विरोध गर्दै नेता बडूले भने–लोकतन्त्रमा बोल्न र लेख्नै नपाइने हुन्छ ?

महेन्द्रनगर,१७ पुस
प्रतिनिधीसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले मिडिया विधेयकको संसदमा प्रतिपक्ष दलले खरो विरोध गर्ने जनाएका छन ।
“लोकतन्त्रमा गलत क्रियाकलापबारे लेख्न र बोल्न नपाइने हुदैन ।” उहाँले भन्नुभयो–“वर्तमान सरकार जनताको संवैधानिक अधिकार हनन् गर्दैछ ।”
बिहीबार महेन्द्रनगरमा पत्रकारहरुसंगको कुराकानीमा नेता बडुले सरकारले सभामुखको टुङगो लगाउन नसकेको बताउदै सरकारकै कारण संसद समेत चल्न नसकेको बताए । ‘उप–सभामुदले राजीनामा गरेर गत ११ गते बैठक बस्नुपर्ने र नयाँ सभामुख आईहाल्नुपर्ने हो तर त्यसो हुन सकेन ।’ उनले भने–‘कुरा मिलेन भने उपसभामुखले राजीनामा गदैन सत्तापक्षले अर्को पार्टीलाई सभामुख दिन चाहादैन ।’
उनले सभामुखको निर्णय नभएको बताउदै बैठक पनि दुईपटक स्थगीत गरेको बताए ।
उनले बहुमतको सरकार अविश्वासको संकटमा परेको भन्दै संसदपनि अनिर्णयको बन्दी बन्ने खतरा रहेको बताए । उनले सरकारले गैर संवैधानीक कामहरुबाट जनता आजीत भएको बताउदै प्रधानमन्त्रीले सबै अधिकार आफ्नो हातमा लिन खोजेको आरोप लगाए ।
उनले संविधानमा पूर्ण स्वतन्त्रता भएपनि संविधानको भावना विपरीत विधेयक ल्याएको बताए । ‘प्रधानमन्त्रीले काम भन्दा पनि अधिकार आफ्नो हातमा लिनुभो ।’ उनले भने–‘धेरै अधिकार कुंठित हुने गरि विधेयक आएका छन सरकार अधिनायवादी तर्फ जादैछ ।’ संविधानको भावना विपरीत आएका विधेयक फिर्ता हुनुपर्ने बताए ।
त्यस्तै उनले नेपाली कांग्रेसको महाधिवेशन अहिले आवश्वकता भएको बताए । ‘असाधारण अवस्थामा कार्यसमितिको विधानतः एक बर्ष थप गर्न पाउने व्यवस्था पनि छ ।’उनले भने–‘तर यो बहुमत र अल्पमतले निर्णय लिनुपर्ने विषय होइन ।’ उनले महाधिवेशन पार्टीको प्राथमिक र साझा एजेण्डा भएको बताए ।
वर्तमान समयमा पार्टीमा देखिएको समस्या चाँडै अन्त्य हुने भन्दै उहाँले पार्टी नेतृत्वले विधान मिचेर विभागहरुको संख्या बढाएको आरोप समेत लगाउनुभयो । उनले भने–‘महाधिवेशन भएको दुई महिनामा पार्टीको संरचनाहरु नबन्नु पार्टीको ठुलो कमजोरी हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here