पिच सडकको बिचमा घर

महेन्द्रनगर,१६ पुस
कालोपत्रे गरिएको सडकको बिचमा पक्की गर छ । सडक छेउमै माध्यमीक तहको विद्यालय र स्थानीयहरुको किनमेल गर्ने सानो बजारको बिच भागमा रहेको घरले थुप्रै दुर्घटना गराए पनि सम्बन्धीत निकाय मौन छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदी स्थीत सडकको बिचमा रहेको उक्त घर स्थानीय भोज वहादुर विष्टको हो । स्थानीयका अनुसार उनले सडकमा रहेको तीन धुर जमिन आफ्नो नाममा दर्ता रहेको भन्दै उक्त घर सडकबाट हटाउन मानेका छैनन ।
स्थानीयका अनुसार उक्त जग्गा सार्वजनीक भएपनि २०५४ सालमा विष्टले उक्त जग्गा आफ्नो नाममा दर्ता गरेका हुन । उनले सार्वजनीक जग्गा अतिक्रमण गरेर आफ्नो नाममा दर्ता गरेको स्थानीयको आरोप छ ।
बिच सडकमा रहेको उक्त घरले दुर्घटना बढाएकोे स्थानीयहरुले बताएका छन । गत साता सडक छेउमै रहेको वैजनाथ माध्यमीक विद्यालयमा कक्षा ५ मा अध्ययनरत विद्यार्थी अम्बीका विष्ट सोही ठाउँ दुर्घटनामा परि घाइते भएको विद्यालयका प्रधानाध्यापक पदम बोहराले बताए ।
‘हामीले घर हटान धेरै आग्रह गरेपनि मानेन त्यो ठाउ त दुघर्टना स्थल नै बनिसकेको छ ।’ उनले भने–‘त्यो जग्गा सार्वजनीक भएपनि आयोगको बेला खै कसरी नाममा दर्ता भयो ।’ बिच सडकमा रहेको उक्त घरका कारण थुप्रै दुघर्टना भईसकेका छन । उक्त घरले सडकको सौन्दर्य समेत विगारेको स्थानीयको गुनासो छ ।


बेदकोट नगरपालिका–८ का वडा अध्यक्ष दुर्गा सिंह भण्डारीले आफुहरुले घर हटाउन आग्रह गरेपनि हटाउन नमानेको बताए । उनले उक्त घर करिब २०÷२५ वर्ष देखी सडकमै रहेको बताउदै विष्टले उक्त सडकमा पसल सञ्चालन गरेको बताए । स्थानीयले विरोध गरेपछि पसलको समान हटाए पनि उनले घर सडकबाट हटाउन नमानेको नले बताए ।
‘पसल छउन्जेल सम्म स्थानीयले पनि विरोध गरे खाली भइसकेपछि कोही बोलेनन ।’ वडा अध्यक्ष भण्डारीले भने–‘सडक पीच गर्ने बेलो पुरानो घर तोडेका हौ ।’
जग्गा धनी भोज वहादुर विष्टले जग्गा आफ्नो नाममा दर्ता भएको बताउदै घरका कारण कुनै समस्या नरहेको बताए । ‘जग्गा मेरो हो मसित लालपूर्जा छ मैले घर बनाउदा आफ्नो एक मिटर जग्गा सडकलाई छोडेको छु ।’ उनले भने–‘घरकै कारण दुघर्टना भयो भन्ने आरोप मात्रै हो घरले कुनै असर गरेको छैन ।’ उनले २९ सालदेखी सो ठाउँमा आफ्नो घर भएको बताए ।
बिच सडकमा रहेको घर हटाउन स्थानीय सरकारले कुनै पहल नगर्दा दुघर्टना हुने क्रम बढेको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले सबै अधिकार स्थानीय तहमा गइसकेको बताउदै पन्छिन खोजेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here