गड्डाचौकी नाकाबाट भित्रिएका पर्यटकको भव्य स्वागत

महेन्द्रनगर,१६ पुस
कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीबाट भित्रिएका पहिलो पर्यटकलाई भव्य स्वागत गरिएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका पहिलो पर्यटक दक्षिण अमेरिकी नागरिक मिलिसा रस्तेगीसहित जर्मनी र इटलीयन गरी पाँच जना पर्यटकहरुलाई नगर परिक्रमा गराइएको हो ।
भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट,प्रतिनिधिसभा सदस्य डा. दिपक प्रकाश भट्टले नेपाली ढाकाटोपी, फुलमाला र खादा ओढाएर स्वागत गरेका हुन ।
सुदूरपश्चिमको संस्कृति झल्किने झाकी सहित सिमानाका गड्डाचौकीबाट ¥याली सहित पर्यटकहरुलाई गाडीमा महेन्द्रनगर बजार परिक्रमा गराएको थियो ।


कार्यक्रममा सुदूरपश्चिमका पहिचान झल्किने छलिया नाच, भुवा नाच तथा राना थारुको नृत्य प्रस्तुत गरिएको थियो । गड्डाचौकी नाकाबाट नेपाल भित्रिने पर्यटकको सहजताका लागि यहाँका पर्यटकिय स्थलहरुको होडिङ्ग बोर्ड राखिएको छ । पर्यटकहरुको सहजताका लागि पर्यटक सुचना केन्द्रको समेत स्थापना गरिएको छ ।
अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार सन् २०१९ डिसेम्बर २९ सम्म गड्डाचौकी नाका भएर दुई हजार नौ सय ३४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने सन् २०१८ मा दुई हजार नौ सय ३० जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।


बुधबार पाँच जना पर्यटकलाई कञ्चनपुरको प्रमुख पर्यटकीय स्थल दोधारा चादनी झोलुङ्गे पुल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको हात्तीसार लगायतका क्षेत्रमा भ्रमण समेत गराईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here