तीन बर्षिया छोरीको बलात्कारपछि हत्या

महेन्द्रनगर,१४ पुस
कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ सालघारीमा सुकुम्वासी बस्तीका ३० बर्षीय इन्द्र चुनाराले सोमबार दिउँसो ३ बजे श्रीमतीलाई जबरजस्ती दाउरा लिन सालघारी पठाएर तीन बर्षीया छोरी शुशिला चुनाराको बलात्कारपछि हत्या गरेका छन ।
सोमबार बेलुकी ४ बजे श्रीमती ललिता चुनानारालाई दाउरा लिन गएको बेला चुनाराले सौतेनी छोरीको घरमै बलात्कार गरी हत्या गरेका हुन ।
‘आमालाई जबरजस्ती दाउरा लिन पठाएर बलात्कारपछि बुवाले तीन बर्षिय छोरीको हत्या गरे।’ छिमेकी राज दमाइले भने–‘हामीले देखेपछि भाग्न खोजे अनि पुलिसलाई खबर गरेका हौ ।’


स्थानीयले बालिकाको शरिर भरी घाउ र गुप्ताङ्गबाट रगत बगीरहेको अवस्थामा फेला पारेका थिए । सालघारीका स्थानीय राजु दमाईले पक्राउ परेका इन्द्र श्रीमती ललितालाई समेत बेला बेला कुटपिट गर्ने गरेको बताए।
घटनापछि भाग्न खोजेका इन्द्रलाई स्थानीय महिलाले नियन्त्रणमा लिएर नजिकै रहेको प्रहरीको बिटलाई खबर गरेका थिए ।
डडेल्धुराको जोगबुढामा श्रीमान बितेको वियोगमा रहेकी ललितालाई इन्द्रले विवाह गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बालिकालाई महाकाली अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि अस्पतालमा जम्मा भएका बालिकाका आफन्त र स्थानीयबासीले बलात्कार गर्ने ईन्द्रलाई फासीको सजाय माग गरेका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले घटनाको गम्भीर अनुसन्धान भइरहेको बताउदै दोषीलाई हदै सम्मको कार्वाही हुने बताए ।
बालिकाको शव महाकाली अस्पतालमै राखिएको छ । घटनाको प्रारम्भिक अनुसन्धानबाट बालिकाको बलात्कारपछि हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घटनाका अभियुक्त चुनारालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।प्रहरी स्रोतका अनुसार प्रारम्भिक बयानमा अभियुक्तले बालिकाको हत्या गरेको स्वीकार गरिका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here