हात्ती पीडितलाई राहत रकम हस्तान्तरण

महेन्द्रनगर, ९ मंसिर
झण्डै डेढ महिना अघि जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई सोमबार राहत स्वरुप रु दश लाख रकम हस्तान्तरण गरिएको छ ।
गत असोज २९ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।
मृतकका परिवारलाई सोमबार सुदूरपश्चिम प्रदेश सभा सदस्य लालबहादुर खड्का, शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर सहितको जनप्रतिनिधीको टोलीले सरकारबाट उपलब्ध रु दश लाख को चेक पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
संघीय सरकारबाट उपलब्ध भएको राहत रकम वितरण गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयबिक्रम मानन्धरले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले यसअघि घटना लगत्तै पीडित परिवारलाई रु ५० हजार समेत वितरण गरिएको थियो ।
“बाघ, गैडा र हात्तीको आक्रमणबाट मृत्यु भए तत्काल विशेष राहत भनेर रु ५० हजार दिएका थियौं ।” उहाँले भन्नुभयो–“संघीय सरकारबाट आएको रकम पनि जनप्रतिनिधीको रहोबरमा वितरण भएको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here