महेन्द्रनगरले थेगेको सागको महिला कुस्ती

महेन्द्रनगर,९ मंसिर
दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा एउटै ठाउँका ६ जना महिला खेलाडी प्रतिस्प्रर्धामा सहभागी हुदैछन् भन्दा आश्चर्य लाग्न सक्छ । तर त्यो ऐतिहासिक सफलता कञ्चनपुरको महेन्द्रनगरका महिला खेलाडीहरुले हात पारेका छन ।
महेन्द्रनगरस्थित कवर्डहलमा नियमित प्रशिक्षणमा जुट्दै आएका ६ जना महिला खेलाडीहरुले आफ्नो खेल जीवनको यात्रा आगामी मंसिर दोस्रो साता हुने १३ औं साग प्रतियोगितासम्म तय गरेका छन ।
‘सागमा नेपालको प्रतिनिधित्व गर्दै सात वटा तौल समुहमा नेपाली महिला कुस्ती खेलाडी प्रतिस्प्रर्धामा उत्रिदैछन ।’ हाल बन्द प्रशिक्षणमा रहेका कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भने–‘महेन्द्रनगरको खेल जगतमा कुस्ती पनि हब बन्दैछ ।’
सात जना मध्ये ६ जना महिला महेन्द्रनगरकै भएको बताउँदै प्रशिक्षक चन्दले खेलाडीहरुको नियमित प्रशिक्षण र मेहनतकै कारण सागसम्म पुगेका बताए ।उनले इतिहासमै पहिलो पटक सागमा मुलुकका तर्फबाट सबैभन्दा बढी कञ्चनपुरका खेलाडी अटाएको बताए ।
‘महिलातर्फ ७ तौल समुह मध्ये ६ जना कञ्चनपुरकै छन ।’ प्रशिक्षक चन्दले भने–‘यो सब खेलाडीहरुको मेहनतको फल हो ।’उनले महिला र पुरुष दुवैतर्फ कुस्तीमा पदक आउनेमा आफू विश्वस्त रहेको बताए ।
साग छनौटमा पर्ने महिला खेलाडीहरुमा ५० केजी तौल समुहमा मनिशा सिंह, ५३ मा शिवाङ्गी दुबे, ५५ मा संगिता धामी, ५७ मा अम्बिका भण्डारी, ५९ मा कोमल खत्री, ६२ मा शुशिला चन्द र ६८ किलोतौल समुहमा निर्मला जागरी प्रतिश्प्रर्धा गर्दैछन ।
शुशिला चन्द सुर्खेतका खेलाडी हुन भने अन्य छ जना महेन्द्रनगरका हुन । कुस्तीमा नेपाललको १२ सागदेखि महिला सहभागी हुदै आएको प्रशिक्षक चन्दले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here