प्रदेश स्तरीय क्वीक्स फुटवल प्रतियोगिता सुरु

महेन्द्रनगर,२ मंसिर
कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश स्तरीय क्वीक्स कप अन्तरविद्यालय (छात्र÷छात्रा) राष्ट्रिय फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको उद्धघाटन नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्का बाहिनीपति सहायकरथी शंकर पण्डितले उद्घाटन गरे ।
प्रतियोगितामा छात्रतर्फ कैलाली, कञ्चनपुर र डोटीको टिम सहभागी छ । भने छात्रातर्फ कञ्चनपुर र कैलालीको टिम सहभागी रहेको आयोजक फटुबल संघका महासचिब रमेशबहादुर चन्दले बताए ।
उहाँले प्रतियोगिता उपाधी बिजेता टोली कर्णाली प्रदेशमा हुने सोही स्तरको प्रतियोगितामा प्रतिस्प्रर्धा गर्ने बताउनुभयो ।
“सुदूरपश्चिम र कर्णाली प्रदेशबाट एउटा टिम माथिल्लो स्तरमा खेल्न जान्छ ।” चन्दले भन्नुभयो–“सहभागी जिल्ला कम भएकाले दुई प्रदेशलाई एउटैमा राखिएको हो ।”
हाल प्रतिस्प्रर्धाका लागि आएका टिमहरु जिल्ला स्तरमा उपाधी बिजेता टिम रहेको संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here