सिमा अतिक्रमणको विरोधमा साहित्यकार सडकमा

महेन्द्रनगर,२५ कार्तिक
प्रगतिशील लेखक संघ कञ्चनपुरले सीमा अतिक्रमण विरुद्ध साहित्यिक कार्यक्रम गरेको छ ।
सोमवार पश्चिमी सिमानाका गड्डाचौकी पुगेर कञ्चनपुरका युवा साहित्यकारहरुले रचनामार्फत विरोध जनाएका हुन । उनीहरुले गजल,कविता मार्फत नेपाल सरकारलाई खबरदारी गरेका हुन भने भारतीय सरकारलाई सिमा अतिक्रमण गरे नराम्रो मुल्य चुकाउनुपर्ने सन्देश दिएका थिए । प्रगतिशील लेखक संघ कञ्चनपुरका अध्यक्ष तथा युवा साहित्यकार रमेश पन्त मीतबन्धुले सुतीरहेको नेपाल सरकारलाई साहित्यिक रचना मार्फत झकझक्याउन खोजेको बताए ।


‘भारतले नेपालको भुमी कब्जा गर्दा समेत सरकारले ठोस कदम चाल्न सकेको छैन ।’ अध्यक्ष पन्तले भने–‘कालापानी र लिपुलेक नेपालको हो ।’ उनले नेपाली भुमीमाथी अतिक्रमण भएको भन्दै त्यसको विरोधमा सबैले जाग्नुपर्ने बेला आएको बताए । त्यस्तै कार्याक्रममा कञ्चनपुरका थुप्रै साहित्यकारहरुले रचना मार्फत सीमामा भारतीय हस्तक्षेप भएको भन्दै नेपाल सरकारलाई समयमै सचेत हुन आग्रह गरे ।
कार्यक्रममा साहित्यकार विरवहादुर चन्द विश्राम,डम्बर शर्मा बडु, रमेश पन्त मीतबन्धु,हेमबाबु लेखक,जगदीश ओझा,धर्मानन्द जोशी,सिद्ध नारायाण आचार्य ‘काका’,इन्दु धामी लगायतका थुप्रै साहित्यकारहरुले सिमा अतिक्रमण विरुद्ध रचना मार्फत विरोध जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here