२१ कात्तिक, काठमाडौं । कास्कीको टुरिस्ट बसपार्कमा विष्फोट भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयनजिकै निर्माणाधीन बसपार्कभित्र विष्फोट भएको हो ।कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले विष्फोट भएको आवाज आए पनि के पड्किएको हो भन्ने खुलिनसकेको बताए ।उनले भने, ‘हाम्रो टोली पुगेर हेर्दा पटकाको बारुदजस्तो देखियो ।’ खाल्डोमा पड्किएकाले ठूलो आवाज आएको हुनसक्ने एसपी कार्कीले बताए ।
उनले भने, ‘थप बुझ्ने काम गरिरहेका छौं ।’कास्की-२ मा १४ मंसिरमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि उप-चुनाव हुँदैछ । बिहीबार दलहरूले उम्मेदवारीको मनोनय दर्ता गर्ने कार्यतालिका छ ।