32.9 C
Mahendranagar

विद्यालयमै मैनबत्ती उत्पादन गरेर राम्रो आम्दानी

  • 6
    Shares

बैतडी– पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयमै उत्पादन गरेको मैनबत्ती बिक्रीवाट ७० हजार आम्दानी गरेको हो। कक्षा ६ देखि ८ सम्म पठनपाठन हुने पेशा व्यवसाय र प्रविधि शिक्षा पाठ्यक्रमअन्तर्गत प्रयोगात्मक कक्षामा विद्यार्थीहरुले मैनबत्ती उत्पादन गरेका हुन्। विद्यार्थीहरुको क्षमता अभिवृद्धि र विद्यालयको आयस्रोत बढाउनका लागि मैनबत्ती उत्पादन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए। विद्यालयमा उत्पादित मैनबत्ती तिहारको समयमा स्थानीय बजार खोडपे, पाटन, पुर्चौडी, गाँजरीलगायतका बजारमा बिक्री गरिएका अध्यक्ष भाटले बताए। विद्यार्थीले उत्पादित एक हजार ८५० प्याकेट बिक्री गरिएको विद्यालयले जनाएको छ। एक प्याकेटको १५ रुपैयाँदेखि ७० रुपैंयाँसम्म बिक्री भएको थियो। विद्यालयले गत वर्ष पनि ५२ हजारका मैनबत्ती उत्पादन गरी बिक्री गरेको थियो।
निजी स्रोतबाट पारिश्रमिक लिएर काम गर्ने शिक्षकहरुलाई तलब दिन अप्ठ्यारो भएको र विद्यार्थीहरुले उत्पादन गरेको मैनबत्ती बिक्री गरी आएको रकमबाट निजी शिक्षकहरुलाई तलब भत्ता दिन सहयोग पुग्ने विद्यालयले जनाएको छ। अविभावककै लगानीमा विभिन्न शैक्षिक समग्री र बालउद्यान समेत रहेको उक्त विद्यालय जिल्लाकै पहिलो कागजरहित विद्यालयका रुपमा समेत परिचित छ। २०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ३०० बढी विद्यार्थी अध्ययनरत रहेका छन्।

  • 6
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...