32.9 C
Mahendranagar

गहुँ खेतीलाई डिएपी मलको अभाव

  • 4
    Shares

महेन्द्रनगर,१८ कार्तिक– धान भित्र्याएर गहुँ खेती गर्ने तरखर सुरु भएका बेला कञ्चनपुरमा भने मलखाद (रसायनिक)को अभाव देखिएको छ ।
अनुदानको मल धान खेतीमा पनि नपाएका यहाँका किसानहरुले गहुँखेतीमा पनि डिएपी मल पाउने टुंगो लागेको छैन ।
यहाँस्थित कृषि सामाग्री कम्पनी लिमिटेडले डिएपी मलको अभाव रहेको जनाएको छ ।
“युरिया मात्रै एक ट्रक जति आएको छ ।” कृषि सामाग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले भन्नुभयो–“धान खेती गर्दा पनि किसानहरुलाईै डिएपी मल वितरण गर्न सकिएन ।”
गहुँ छर्ने बेला डिएपी मलको प्रयोग हुने भएपनि मल नहुँदा किसानहरु मर्कामा परेका छन ।
“दुई हजार पाँच सय मेट्रिक टन युरिया र दुई हजार मेट्रिक टन डिएपी मल यहाँबाट बार्षिक रुपमा खपत हुन्छ ।” शाहले भन्नुभयो–“डिएपी मल भारतको कलकत्ताबाटै यहाँ नआएको खबर छ ।”
उहाँले मलखादको अभाव मुलुककै समस्याका रुपमा रहेको बताउनुभयो ।
“यो यहाँका किसानको मात्रै समस्या नभई देशभरीकै हो ।” उहाँले भन्नुभयो–“माथिबाट आए हामीले पनि किसानलाई वितरण गर्ने हो ।”
शुक्लाफाँटा नगरपालिकाका किसान जयराम डगौैंराले रसायनिक मलको अभाव हुँदा खेती गर्न समस्या भइरहेको दुखेसो पोख्नुभयो ।
“धान रोपाँइमा पनि मल नहुँदा समस्या भयो ।” उहाँले भन्नुभयो–“अनुदानमा मल दिने निकायका गोदाम रित्तै छन ।”
उहाँले हरेक दिन किसानहरु मल अभावमा निराश हुनुपरेको डगौंराको भनाई छ ।
त्यसैगरी कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले सुदूरपश्चिम प्रदेशभा डिएपी मल प्रयाप्र्त नभएको बताउनुभयो ।
“डिएपी मलको अभाव नै भन्न त मिल्दैन ।” उहाँले भन्नुभयो–“बितेको दुई महिनामा यहाँ ३ हजार मेट्रिक टन डिएपी बिक्री भएको छ ।”
सुदूरपश्चिम प्रदेशमा भैरवाबाट मल आयात हुने गरेको बताउँदै उहाँले आयात हुने ठाउँमै मल अभाव रहेको बताउनुभयो ।
उहाँले सुदूरपश्चिमका लागि युरिया १५ हजार मेट्रिकटन र डिएपी १० हजार मेट्रिकटन आवश्यक हुने गरेको बताउनुभयो ।
“हामीले चाहिने जति मल कहिल्यै आएन ।” उहाँले भन्नुभयो–“यो महिनाको अन्तिमसम्म डिएपी मल आउँछ ।”
सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा रसायनिक मल खपत हुने गरेको कृषि सामाग्री कम्पनी लिमिटेडको भनाई छ ।
खुल्ला सिमानाका भएको कञ्चनपुरमा लुकिछिपी भारतबाट आयात हुने गरेको मलखाद चर्को मुल्यमा खरिद गर्नुपरेको किसानहरुको दुखेसो छ ।

  • 4
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...