महेन्द्रनगरमा पनि छठको रौनक

महेन्द्रनगर, १६ कात्तिक
छठ पर्वको रौनक पश्चिम नेपालको तराईको जिल्ला कञ्चनपुरको महेन्द्रनगरमा पनि बढेको छ ।
तराइबासीले विशेष रुपमा मनाउने छठ पर्व कञ्चनपुरमा छरिएर रहेका तराइबासी पनि भीमदत्तनगरपालिका–६ को महाकाली सिचाँइको नहरमा हरेक बर्ष मनाउँदै आएका छन ।
शनिबार साझ पनि यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन । कञ्चनपुरमा तराईबासीको बसोबास कम संख्यामा रहेपनि यहाँ रोजगारी, मजदुरी तथा व्यापारको शिलशिलामा आएका तराइबासीले विगत केही बर्षयता छठ पर्व मनाउदै आएका छन ।
छठ पर्वका यहाँको नहर सिंगारिएको

छ । मुलुकका विभिन्न स्थानका नदी र पोखरीमा जम्मा भएका श्रद्धालुहरु छठ मनाउने गरेका छन ।
छठको पुजाका लागि गहुँ र चामलको पिठोबाट विभिन्न प्रकारका गुलियो खाद्य सामग्री बनाइने गरेको रामउद्दार ठाकुरले बताए ।
“भोली बिहान उदाउँदो सुर्यलाई अघ्र्य दिएर छठ पर्व समापन हुन्छ ।” उनले भने–“तराइबासी जहाँ छरिएर रहेपनि परम्परागत पर्वलाई भने महत्व दिएर मनाउँदै आएका छन ।”
छठ पर्वमा व्रत बस्नाले पारिवारिक सुख पाइँने, श्रीमान र बालबालिकाको स्वास्थ्यलाभ तथा पुत्र लाभ हुने र छालासम्बन्धी रोगबाट मुक्त भइने जनविश्वसा रहिआएको ठाकुरले बताए ।


व्रतालुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्दै व्रतालुले दुवै हत्केलामा सिन्दुर र पिठार लगायर अक्षेता फूल हाली अन्य अघ्र्य सामग्री पालैपालो गरी अस्ताउँदो सूर्यलाई अर्पण गरेको आशादेवी ठाकुरले बताइन ।
“हामी काम र रोजगारीको शिलशिलामा जहाँ गएपनि संस्कृति र रितिरिवाजलाई अंगाल्दै आएका छौं ।” उनले भनिन–“छठ भव्यरुपमा मनाउँनु र यसको जर्गेनाका लागि सबैको दायित्व रहन जान्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here