32.9 C
Mahendranagar

कञ्चनपुर पुर्नवास–३ मा उप– निर्वाचन हुने

महेन्द्रनगर,१६ कार्तिक–कञ्चनपुरको पूर्नवास नगरपालिका–३ मा अगामी मंसिर १४ गते हुने उप–निर्वाचनका लागि तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय महेन्द्रनगरले जनाएको छ ।
पूर्नवास नगरपालिका –३ मा अध्यक्ष पदका लागि उप–निर्वाचन हुदैछ। उप– निर्वाचनका लागि जिल्ला न्यायधिस गोपाल वास्तोलालाई मुख्य निर्वाचन अधिकृत तोकिएको जिल्ला निर्वाचन कार्यालय महेन्द्रनगरका प्रमुख उदय राज जोशीले बताए ।
उनले केही दिनभित्रै पूर्नवास नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र कार्यालय स्थापना पश्चात निर्वाचन गतिविधिहरु अगाडि बढाइने बताए । निर्वाचनको मिति नजिकिदै गर्दा राजनीतीक दलहरु प्नि उमेदवार टुङ्गो लगाउन व्यवस्त छन् ।
निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष पदको उमेदवारीका लागि डिबी तामाङको नाम सर्वसहमतीमा केन्द्रिय समितिलाई सिफारिस गरेको छ । छ भने अन्य दलहरु पनि उमेदवार छनोटको तयारीमा जुटेका छन् ।

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...