महेन्द्रनगर,१५ कार्तिक
स्मार्ट ईन्सच्युटले देउसीभैलो खेलेर उठेको रकमबाट अञ्चल वाल अनाथालय महेन्द्रनगरलाई सहयोग गरेको छ । ईन्सच्युटले अनाथालयमा रहेका बालवालीकालाई स्टेशनरी सामाग्री,खाद्य सामाग्री र फलफुल वितरण गरेको स्मार्ट ईन्सच्युटका प्रबन्धक सुरज जोशीले बताए ।


उनले ईन्सच्युटले पढाई संगसंगै सामाजीक उत्तरदायीत्व निभाएको बताए । ‘पढाई संगसंगै संस्कृती रक्षाका लागि हामीले देउसीभैलो आयोजना गरेका हौ ।’ जोशीले भने–‘त्यसबाट उठेको रकमले अनाथबालवालीकालाई पनि सहयोग गरेका छौ ।’ स्मार्ट ईन्सच्युटले यसअघि पनि अनाथालयलाई सहयोग पु¥याउदै आएको छ ।