32.9 C
Mahendranagar

सुदूरपश्चिम विश्वविद्यालय :भागबन्डा नमिल्दाँ तालाबन्दी

  • 8
    Shares

महेन्द्रनगर, १५ कात्र्तिक

महिनौ लामो आन्दोलनबाट नौ बर्षअघि कञ्चनपुरको महेन्द्रनगरमा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालय तालावन्दी, बन्द, हडताल र विरोधका कार्यक्रमहरुबाट अझै मुक्त हुन सकेको छैन ।
विश्वविद्यालयमा हुने राजनीतीकरणका कारण सधैजसो हुने तालावन्दी राजनीतीक पूर्वाग्रहीढंगले हुने गरेका छन् । विश्वविद्यालयमा कर्मचारी नियुक्त हुदाँ आफ्नो पार्टी निकटको मान्छे नआउँदा तालावन्दी हुने गरेको पाइएकोछ ।
२०६९ सालमा राजनीतीक भागबन्डाका आधारमा डा. टेकराज पन्त,डा.नारद अवस्थी,डा.भवानी चन्द ठकुरी र भारती जोशी डिन नियुक्त हुदाँ वैद्य निकट अखिल क्रान्तीकारीले एक महिना तालाबन्दी गरेको थियो ।
२०७० साल साउनमा डा. मुकुन्द कलौनी क्याम्पस प्रमुखमा नियुक्त हुदाँ आफु निकट क्याम्पस प्रमुख नआएको भन्दै पूर्व एमाले निकट अनेरास्ववियुले आन्दोलन गरेको थियो । ‘क्याम्पस प्रमुख हुदाँ सबैको सहमतीमा पार्दशी हिसाबले दुईजना शिक्षक नियुक्त गरेको थिए ।’ कलौनीले भने–‘शिक्षक नियुक्तको विषयमा विरोध भयो ।’
अनेरास्ववियुले शिक्षक नियुक्तिको मुद्धा उठाएपनि कांग्रेस निकट मुकुन्द कलौनी क्याम्पस प्रमुख नियुक्त भएको भन्दै विरोध भएको थियो । ‘विश्वविद्यालयमा राजनीती पूर्वाग्राहले हरेक आन्दोलन भएको इतिहास छ ।’डा. कलौनीले भने–‘विद्यार्थी संगठनका आन्दोलन हुनुमा शिक्षकको भुमीका हुन्छ ।’ शिक्षकहरुले नै विद्यार्थी संगठनका नेताहरुलाई उक्साएर आन्दोलन गर्न लगाउने गरेको उनले बताए ।
त्यसयता राजनीती पूर्वाग्राह राखेर विश्वविद्यालयमा थुप्रै आन्दोलन तालाबन्दी भए । विश्वविद्यालयको केन्द्रीय क्याम्पसदेखि केन्द्रीय कार्यालयमा विद्यार्थी संगठन, प्राध्यापक र कर्मचारीहरु विभिन्न माग राख्दै तालावन्दीमा उत्रिएको विषय सुदूरपश्चिम विश्वविद्यालयका लागि परम्परा जस्तै बनिसकेको छ ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. भूषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टको कार्यसञ्चालन प्रति असन्तुष्टि बढेपछि प्रधानमन्त्री कार्यालयले पुस २७ मा जिम्मेवारीबाट मुक्त गरी चैत २७ मा विज्ञान तथा प्रविधि संकायका डिन प्रा डा पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा संकायका डिन डा. गोविन्द विष्टलाई रजिस्ट्रारको जिम्मेवारी दिएपछि नेविसंघले तालाबन्दी गरेको हो ।
बैशाख पहिलो साता केन्द्रिय कार्यालयमा नेविसंघले लगाएको ताला सात महिना बितिसक्दा पनि खुल्न सकेको छैन । विद्यार्थीको आन्दोलनलाई एकथरि विश्वविद्यालय प्राध्यापक सघं र प्रजातन्त्रवादी प्राध्यापक सघंले समेत सर्मथन जनाएको विश्वविद्यालयमा कार्यरत एक कर्मचारीले बताए ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा.पूर्णबहादुर चन्दले ताला खुलाउने प्रयास भएपनि बार्तामा आउन नचाहेको बताए ।
उनले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएपछि दैनिक कामकार्वाहीमा समस्या भएको बताए ।
विश्वविद्यालय स्रोतका अनुसार उपकुलपतिमा नियुक्त भएका प्रा डा पूर्णबहादुर चन्द र रजिष्टारमा नियुक्त भएका डा. गोविन्द विष्ट नेकपा निकट भएकाले उपकुलपति वा रजिष्टार मध्ये एक पद कांग्रेसको हुनुपर्ने माग नेविसंघको रहेको हुदाँ सहमती हुन नसकेकोे बताए ।
नेविसंघले भने आफुहरु संग बार्ताको कुनै पहल नभएको दाबी गरेको छ । ‘प्रक्रिया पु¥याएर नयाँ उपकुलपति र रजिष्ट्रार नियुक्त भए हाम्रो आपत्ति भएन ।’ नेविसंघ पूर्व केन्द्रिय सदस्य कैलाश चन्दले भने–‘विश्वविद्यालय विधानअनुसार तीन महिनाभन्दा बढी काममुकायम दिन मिल्दैन ।’
चन्दले अहिले पनि दुई जना अवैधानीक रजिष्ट्रार रहेको बताए । पदमुक्त गरिएकी तत्कालीन उपकुलपति श्रेष्ठको कार्यकाल गत भदौ ७ गते सकिएको छ भने तत्कालीन रजिष्ट्रार भट्टको कार्यकाल आगामी माघसम्म छ ।
त्यसैगरी गत भदौ २९ मा सुदूरपश्चिम विश्वविद्यालयको परिक्षा नियन्त्रकमा देवसिंह नाथ नियुक्त हुदाँ प्रजातन्त्रवादी प्राध्यापक सघंले परिक्षा नियन्त्रक कार्यालयमा भदौ अन्तिम सातादेखी तालावन्दी गरेको थियो । सो तालावन्दी अहिले सम्म पनि यथावत नै छ ।
सुदूरपश्चिम विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक संघले दुई वटा कार्यकारीले गरेको निर्णय अमान्य हुने भएकाले विरोध गरेको जनाएको छ । । कार्यालयमा तालावन्दी भएपनि कामकार्वाही प्रभावित नभएको परिक्षा नियन्त्रक देव सिंह नाथले बताए ।
विश्वविद्यालय स्रोतका अनुसार परिक्षा नियन्त्रक र सह–नियन्त्रकमा भागवन्डा नमिलेपछि प्रजातन्त्रवादी प्राध्यापक संघँले तालावन्दी गरेको हो ।

  • 8
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...