32.9 C
Mahendranagar

राजमार्ग छेउको अतिक्रमण हटाइदै

  • 8
    Shares

महेन्द्रनगर,३ कात्र्तिक
पूर्वपश्चिम राजमार्ग अन्र्तगत कञ्चनपुरको भीमदत्तनगरपालिकामा स्थानीय तह र प्रहरी प्रशासनको संयुक्त पहलमा आइतबारदेखि सडक छेउमा रहेका खोकाछाप्रा तथा सार्वजनिक जग्गामा रहेका संरचना हटाउने कार्य सुरु भएको छ ।
अतिक्रमण गरी बनाइएका टहरा हटाउन यसअघि नै पटक–पटक आग्रह गर्दै सुचना जारी गरेपनि अटेर गरिएकाले प्रहरी प्रशाशनको सहयोगमा अतिक्रमण हटाएको भीमदत्तनगरपालिकाले जनाएको छ ।


पुर्व–पश्चिम राजमार्गदेखि २५ मिटर दायाँ र बाँया बनेका खोकाछाप्रा र पसलहरु हटाउने वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजंग बुढथापाले बताए ।
भीमदत्तनगरपालिका–६ शिवमन्दीर क्षेत्रबाट अतिक्रमण गरी बनाइएका व्यवसायिक टहरा हटाउने कार्य सुरु गरिएको हो । हो । अतिक्रण खाली गर्न नगरप्रहरी, सडक कर्मचारी र प्रहरी परिचालित छ ।

  • 8
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...