32.9 C
Mahendranagar

बम्बै जान्या रेल गाडी सुन्दै ‘बटुक र राइतो’

  • 15
    Shares

महेन्द्रनगर,२ कात्र्तिक
शनिवार महेन्द्रनगर स्थीत भानुपार्टी प्यालेसमा हुने देउडा गायक भोजराज भट्टको ‘हमरा गीत’ विशेष साझँमा दर्शकको सुविधाका लागि मौलीक परिकार ‘बटुक र राइतो’ पाईनेछ ।
लायन्स कलब र गुरुभुमी फाउन्डेसनको सयुक्त आयोजनामा हुन लागेको ‘हमरा गीत’ गायक भोजराज भट्ट विशेष साझँको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रम शनिवार दिउसो ३ बजेबाट सुरु हुने छ । ‘हामी संस्कृती संरक्षणको अभियानमा छौ ।’कार्यक्रम संयोजक शुशील पाण्डेयले भने–‘कला संस्कृती संरक्षण कै लागि कार्यक्रममा मौलीक परिकारको पनि व्यवस्था गरेका हौ ।’
कार्यक्रममा गायक भट्टले सुदूरपश्चिमका देउडा प्रस्तुत गर्नेछन । भने साथमा गायक नवराज कलौनी र स्थानीय कलाकारको प्रस्तुती रहने छ । कार्यक्रममा प्रवेशका लागि निःशुल्क रहेको आयोजकले जनाएको छ ।
सुदूरका गाउँवस्तीमा गाइने जस्ताका तेस्तै शब्दलाई लयबद्ध गरेर गाएका भट्टका उत्कृष्ट गीतहरु यसपटक प्रत्यक्ष रुपमा गुञ्जीनेछन ।
गायक भट्टका बम्बै जान्या रेल गाडीका पैया गुडन लाग्या,लैजा बुदी लालपिछौडा वौरानी ओडली,का जान्छै बगन्या पानी कैको माया मानी,हिटसाली किरमडा खाईजाऔ जौपात,दुत्या दशै तइसै गया, काटु कटालैको सेरो र भर्खरै बजारमा आएको धोका रैछ मायाजाल देउडा गीतहरु चर्चामा छन् ।

  • 15
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...