32.9 C
Mahendranagar

सहयोगीको भरमा पर्यटक सुचना केन्द्र

  • 7
    Shares

महेन्द्रनगर,१ कात्तिक
२०२० लाई नेपाल भ्रमण बर्ष बनाउने घोषणा गरिएका बेला सुदूरपश्चिम प्रदेशकै मुख्य नाकामा रहेको कञ्चनपुरको गड्डाचौकीस्थित पर्यटन बोर्डको कार्यालय विगत पाँच बर्षदेखि सहयोगीका भरमा छ ।
सरकारले २० लाख पर्यटन भित्र्याउने उदेश्यले भ्रमण बर्षको प्रचार प्रसारमा जोड दिएपनि पर्यटक भित्रिने प्रमुख नाकाको पर्यटकहरुलाई गन्तव्यका बारेमा सुचना दिने कार्यालयमा सहायक थानेश्वर लेखकका भरमा चलेको छ ।
नेपाल भित्रिने विदेशी नागरिकहरुलाई यहाँका पर्यटकिय स्थलहरुको बारेमा जानकारी दिने उद्देश्यले पश्चिमी सिमानाका गड्डाचौकीमा नेपाल पर्यटन बोर्डको पर्यटक सुचना केन्द्र स्थापना गरिएको भएपनि कर्मचारी नहुदाँ समस्या हुने गरेको कार्यालय सहायक थानेश्वर लेखकले बताए ।
‘कार्यालयले हाकीम नपाएको पाचँ वर्ष बित्यो ।’ लेखकले भने–‘ कार्यालयमा भएका पर्यटकिय गन्तव्यहरुको ब्रसरहरु बाडिरहेको छु ।’ उनले कार्यालयमा प्रमुख नहुँदा काममा समस्या हुने गरेको बताए ।
सन् २०१८ मा गड्डाचौकी नाका भएर दुई हजार नौ सय ३० जना विदेशी पर्यटकहरु नेपाल भित्रिएको अध्यागमन कार्यालयले जनाएको छ । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार यहाँबाट अमेरिका, फ्रान्स, र्जमन, बेलायत लगायतका देशका नागरिकहरु नेपाल भित्रिने गरेका छन् ।
सन् २०१९ को ‘जुलाइ’ सम्म एक हजार पाँच सय ९८ जना विदेशी पर्यटकहरु गड्डाचौकीबाट नेपाल भित्रिएका छन् ।
कञ्चनपुरमा रहेका पर्यटकिय गन्तव्यको प्रचार प्रसार नहुँदा गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकहरु काठमाण्डौं, पोखरा लगायतका शहरहरुमा घुम्न जाने गरेको पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताए ।
‘विदेशी पर्यटकहरुले नै योजना बनाएको हुन्छ, पछि यहाँ आएर थाहा पाउँदा घुम्न जादैनन ।’ भण्डारीले भने । उनले पर्यटक प्रवद्धनका लागि प्रचार प्रसारमा जोड दिनुपर्ने आवश्यक रहेको बताए ।
फोटो क्याप्सन ः
गड्डाचौकीमा रहेको पर्यटक सुचना केन्द्र कार्यालय ।

  • 7
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...